Pura Samachar

सिलौटाले श्रीमानको हत्या पश्चात श्रीमतीले गरिन आत्महत्या

प्रकाशित: January 10, 2021
पूरा समाचार

सिलौटाले श्रीमानको हत्या पश्चात श्रीमतीले गरिन आत्महत्या

काठमाडौं । श्रीमान्को हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छिन । सुर्खेत घर भई टोखामा बस्दै आएकी सुदीक्षा गिरीले श्रीमान् उमेश केसीको सिलौटोले कन्चटमा हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

अमेरिका बस्दै आएका श्रीमान् केसी नेपाल आएपछि दुवै जनाबीच केही समयदेखि विवाद हुँदै आएको र सोही विवादले उग्ररुप लिएपछि उक्त घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

केसीको शव बेडरुममा र श्रीमती सुदीक्षाको शव कोठामा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।


प्रतिक्रिया