काठमाडौँ- अनुभूतिको मझेरीमा, चाहनाको महल, कतिन्जेल, आफ्नै छायाँले, चौबन्दी चोलीमा जस्ता १५० भन्दा बढी गित रचना गरिसक्नु भएका गिनीज बुक अफ वर्ल्ड रेकर्ड मा ३२ औँ चोटी रेकर्ड राखिसक्नु भएका डा. डी आर (धर्मराज) उपाध्याय को नयाँ गित ‘तिमी भित्रै’ सार्वजनिक भएको छ।
गितमा मनोजराज सिवाकोटीको स्वर रहेको छ भने सागर अधिकारीले संगीत भरेका छन्।
जीवन शाहीले निर्देशन गरेका यस गितमा प्रेमिकाले प्रेमिलाई छाडेर गएको कहानीलाई रचनात्मक तरिकाले उतारेका छन्।
सम्झना खत्री, मनोज वली र निर्दोष पोख्रेललाई लिडींग रोलमा देख्न पाइन्छ। गितलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने प्रमोद श्रेष्ठ र टिमको छायाँकन रहेको छ।
प्रतिक्रिया