हेटौंडा उपमहानगरपालिकामा आज पनि एक शव फेला पेरेको छ ।
आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ को भुटनदेवी टोलमा उक्त शव फेला परेको हो ।
उक्त शव स्थानीय अन्दाजी ५० वर्षीय नवराज मालबुलेको रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । उनले मालबुलेको शव आफ्नै घरको २ सय मिटर पर भेटिएको बताए ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टोली जाँदै गरेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि आईतबार हिजो पनि हेटौंडाको थानाभर्याङमा एक पुरुषको शव फेला परेको थियो । शवको हालसम्म सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया