Pura Samachar

आफ्नै आमाले गरिन छोरीको हत्या

प्रकाशित: January 11, 2021
पूरा समाचार

आफ्नै आमाले गरिन छोरीको हत्या

काठमाडौं ।  लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरीमा आगलागी भयो ।

राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी मान कुमारीको मृत्यु भएको प्रारम्भिक खबर आयो ।

तर अहिले सो घटना भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको छ ।

 

घटना शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापा बताउँछन् । पहिला भित्र मानिस छ भनेर शव भेटियो भन्ने खबर आयो, उनले भने, घटनास्थल पुगेर हेर्दा तल खाटमात्रै जलेको देखियो, खाँबाहरु हेर्दा माथिबाट आगो लागेको जस्तो देखिन्थ्यो । घटना शंकास्पद लागेपछि अनुसन्धान सुरु ग¥यौं ।

छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल थिइन् । छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको बुझेपछि प्रहरीको आशंकामा बल पुग्यो । प्रहरीले अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुल्यो ।

लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फरार छन् ।

लक्ष्मी पूजाको दिनमा छोरीलाई जलाइन् :

माना कुमारी राननगरीकै एउटा बोर्डिङमा कक्षा ९ मा पढ्थिन् । उनलाई सोही बोडिंङमा बढाउने शिक्षक रामबाबु चमारले होम ट्युसन पढाउने गर्दथे । केही दिनदेखि माना कुमारी कसैलाई थाहा नदिई रातिको समयमा घरबाट सुटुक्क निस्किन थालेकी थिइन् । आमा लालमती देवीलाई यो कुरा थाहा पाइन् । उनलार्य छोरीको गतिविधि मन परिरहेको थिएन ।

कात्तिक २९ गते साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सुत्न ओछ्यानतिर गएका थिए । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे । त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् ।

छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छर्किएर आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँग बयानमा बताएकी छन् ।

एक्काइसौं शताब्दीमा आएर पनि जातको नाममा धेरैले ज्यान गुमाइरहेका छन् । अचम्म लाग्छ सोच्दा पनि, सवैलाई बनाउने एउटै भग्वान हुन् फेरी पनि किन भेदभाव, पक्षपात, सानो जात, ठूलो जात, केही महिना अगाडि मात्रै रुकुममा सानो जातको केटाले ठूलो जातकी छोरी सँग प्रेम गर्यो भनेर सात जनाको ज्यान लिइएको थियो ।

प्रतिक्रिया