काठमाडौं– नेपाल सरकारले गत आइतबार सिनेमा हलहरु खुलाउने घोषणा गरे लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिनेमा हल सञ्चालनका लागि नयाँ मापदण्ड लागू गरेको छ ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न थाले लगत्तै नेपाल सरकारले लागू गरेको लकडाउन अगावै चलचित्र निर्माण कार्य तथा चलचित्र घरहरु बन्द भएको अवस्थामा नेपाल सरकार (मन्त्रिपरिषद्) को पुस २६ गतेको निर्णयानुसार स्वास्थ्य र सुरक्षाका मापदण्ड पूर्ण पालना हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक मापदण्ड बनाइ चलचित्र प्रदर्शन (सिनेमा हल) सञ्चालन गर्न अनुमति दिने र मापदण्डको पालना भए नभएको कडाईका साथ अनुगमन गर्ने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने गरी निर्णय भए बमोजिम तपशिलमा उल्लेख भए अनुसारको मापदण्ड लागू गरिएको छ ।’
मन्त्रालयले १९ वटा बुँदामा मापदण्ड लागू गरेको छ ।
मापदण्डको पहिलो बुँदामा भनिएको छ—‘चलचित्र घरहरुले अनलाइन बुकिङमार्फत टिकट विक्री गर्न सक्नेछन् । चलचित्र घरको टिकट काउण्टरबाट टिकट बिक्री गर्नु पर्दा तोकिएको भौतिक दुरी कायम गरी सोको अनिवार्य पालना गर्ने, गराउने र यसका लागि दर्शकलाई गोलाकार भित्रको घेरा बनाई उक्त घेरामा लाईनमा बसी टिकट लिने प्रवन्ध मिलाउनु पर्नेछ ।’
मापदण्डको दोस्रो बुँदामा दर्शकको तापक्रम नाप्ने यन्त्रको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गरेर मात्र सिनेमा हलमा प्रवेश गराउनु पर्ने उल्लेख छ । १०० दशमलव ४ डिग्री भन्दा बढी तापक्रम देखिएका हलभित्र प्रवेश गराउनु हुँदैन ।
दर्शक तथा हलका कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, सिनेमा हलमा दर्शकलाई प्रवेश गराउँदा प्रत्येक दश जना दर्शकहरु आफ्ना सिटमा बसीसकेपछिमात्र अर्को १० जनालाई प्रवेश गराउनु पर्ने, टिकट विक्री गर्ने बेलामा नै केवल एक जोडी वा समुह/परिवारलाई संग–संगै बस्ने दिने सक्ने, संगैको सिट खालि राखि टिकट विक्री गर्नु पर्ने उल्लेख छ ।
यसैगरी सिनेमा हलको प्रत्येक स्थानमा सरसफाइ गरी डिसइन्फेक्स्न गर्नु पर्ने तथा पूर्ण रुपमा सेनिटाइज गर्ने, गराउने व्यवस्था गर्नु पर्ने छ ।
मन्त्रालयले निर्धारण गरेका थप मापदण्डहरु यसप्रकार छन् :


प्रतिक्रिया