Pura Samachar

संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

प्रकाशित: January 15, 2021
पूरा समाचार

संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक कदमविरुद्ध शनिबार हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

सभापति देउवाले शुक्रबार अपिल जारी गरेर सात सय ५३ स्थानीय तहमा शनिबार हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।

“भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु,” सभापति देउवाले भनेका छन् ।

उनले संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिएको दोहोर्‍याउँदै संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको उल्लेख गरेका छन् ।

“पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,” सभापति देउवाले भनेका छन् ।

प्रतिक्रिया