Pura Samachar
  • विश्व किर्तिमानी डा. डी आर उपाध्यायको रोमाण्टिक दृश्यको साथमा ‘यो मायाको डोरो’ सार्वजनिक

    प्रकाशित: १ महिना पहिले
    पूरा समाचार

    विश्व किर्तिमानी डा. डी आर उपाध्यायको  रोमाण्टिक दृश्यको साथमा ‘यो मायाको डोरो’ सार्वजनिक

    विश्व कीर्तिमानी गीतकार डा. डी आर उपाध्यायको अर्को गीत यो मायाको डोरो को भिडियो सार्वजनिक भएको छ l आज अपरान्ह गीतकार उपाध्यायकै अफिसियल युट्युब च्यानल DR Music & Creations बाट भिडियो रिलिज भएको हो l

    राजन तिमिल्सिनाको सङ्गीत रहेको रोमाण्टिक भावको यस युगल गीतमा मेलिना राई र सङ्गीतकार राजनकै स्वर रहेको छ l

    भिडियोमा प्रज्ज्वलराज शाक्यको निर्देशन रहेको छ भने सह–निर्देशकको रुपमा माधव श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गरेका छन् l अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय, अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् l

    फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा. उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

    उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान, भरिया सम्बन्धी गीत लगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै उनका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् ।

    सयौं गीतका सर्जक डीआरका दश उपन्यास पनि पाठकमाझ आएका छन् । उपाध्यायको नयाँ उपन्यास कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।

    प्रतिक्रिया