हुम्ला । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली र प्रचण्ड–नेपाल समूहबिच झडपमा घाइते भएका अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापालाई उपचारका लागि सदरमुकाम सिमकोट ल्याइएको छ ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई सोमबार माउन्टेन एयरको हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको हो ।
आइतबार दिउँसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली समूहले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले ढुंगामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा निर्वाचित थापा नेकपा दुई समूहमा विभाजन भएपछि ओली समूहमा लागेका छन् ।
प्रतिक्रिया