Pura Samachar

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढायो

प्रकाशित: January 19, 2021
पूरा समाचार

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढायो

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमवार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

प्रतिक्रिया