Pura Samachar

दूतावासमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण, कन्सुलर सेवा बन्द

प्रकाशित: January 19, 2021
पूरा समाचार

दूतावासमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण, कन्सुलर सेवा बन्द

दोहा । संयुक्त अरब ईमिरेट्स (यूएई) स्थित नेपाली दूतावासमा कार्यरत केही कर्मचारीलाई कोभिड-१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू बन्द गरिएको छ ।

दूतावासले एक सूचना जारी गर्दै सेवा लिन आउनेहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण देखिएको दूतावासले जनाएको छ । कति जनालाई कोरोना संक्रमण भएको छ भन्‍ने कुरा भने खुलाइएको छैन ।

आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने भएकाले कन्सुलर सेवाहरु माघ ६ गतेदेखि केही दिनका लागि बन्द गरिएको जनाएको छ ।

दूतावासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरण लगायतका अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चित गरी स्थगित सेवाहरु यथाशीघ्र फेरि सुरू गरिने पनि जनाइएको छ ।

No photo description available.

प्रतिक्रिया