Pura Samachar

रहेनन् लोक गायक रत्न बानियाँ

प्रकाशित: January 20, 2021
पूरा समाचार

रहेनन् लोक गायक रत्न बानियाँ

काठमाडौं– लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ ।

झरना संगीत रेकर्डिङ स्टुडियोका प्रबन्ध निर्देशक, गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य रहेका बानियाँको गए राती चावहिलस्थित ओम हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

लडाइँको लाहुरे, जिन्दगी के छ र, के हो नि तिम्रो चाल आदि गीतका गायक बानियाँ पछिल्लो केहि समय अघिदेखि मृगौला रोगबाट पीडित थिए ।

पछिल्लो समय उनका दुबै मृगौलाले काम गर्न छाडेको बताइन्छ ।

उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया