जग्गा खरिद बिक्रीको स्वीकृति नगरपालिका र वडा कार्यालयबाट भएको छ वा छैन,
जग्गाधनी श्रेस्ता र पुर्जामा कसको फोटो टाँसिएको छ,
जग्गाधनीको नागरिकताको फोटोकपी संलग्न रहेको छ छैन,
रजिष्ट्रेसन डायरीमा सबै रेकर्ड दर्ता छ छैन,
तयार भएको लिखतमा मोठ र रोक्का भिडाउँदा कसरी भिडाइयो ? भिडाउने फाँटवाला कर्मचारीको नाम, पद, सहिछाप र मिति छ छैन,
मोठ रोक्का भिडाइ सकेपछि नापी कार्यालयलाइ आदेश दिने कर्मचारीको नाम, पद र सहि छाप छ छैन, त्यसको लगत कार्यालयको अभिलेख रजिष्ट्रेसन फाँटमा राखिएको छ छैन,
नापी कार्यालयमा लिखत पुगेपछि श्रेस्तामा वा स्थलगत कित्ताकाट हुँदा खरिद बिक्रीकर्ता दुवैजनाको रोहवर सहिछाप भएको छ छैन,
कित्ताकाट गर्ने अमीन र कार्यालय प्रमुखको प्रमाणित छ छैन,
लिखत तयार गर्दाका साँक्षी र पारित गर्नु पुर्वका सनाखत साँक्षीहरुको नाम,थर,वतन,नागरिकता प्रमाण पत्र नम्बर, सहिछाप छ छैन,
सम्पुर्ण रुपमा लिखत तयार भै पारितको लागि योग्य भएपछि त्यसमा फाँटवाला, तहरीर पारित कर्ता कर्मचारीको प्रमाणित भएको छ, छैन,
लिखत पारित भएपछि दाखिल खारेज गर्दा श्रेस्ता पुर्जा तयार गर्ने र प्रमाणित गर्ने कर्मचारीको नाम, थर दर्जा र अधिकार प्रत्यायोजनको अवस्था के कस्तो छ,
लगायतका कुराहरुमा अनुसन्धान गर्नुपर्ने अधिवक्ताले बताएका छन् । यसमा संलग्न सम्बन्धित सबै फाँट, कार्यालय र व्यक्तिहरु अनुसन्धानको दायरमा ल्याई छानबिन गरि सर्वसाधारणमा भएको जग्गा किर्तेसम्बन्धि मालपोतप्रति अविश्वास हटाउनुपर्ने सुझाव उनिहरुको सुझाव छ ।
यस्तै, जग्गाधनी सौगात रावतले आफैँ उपस्थित भएर डिजिटल औठा छाप र फोटो खिचाएको कुरा संचारमाध्यामा आएपछि उक्त फोटो र डिजिटल औंठा छाप सुरुवातमा दिपक सिंह रजवारबाट जग्गा आफ्नो नाममा नामसारि गर्दा मिति २०७६ मंसिर १ गते लिइएको पुरानो तस्वीर र औठा छाप भएको बताए ।













प्रतिक्रिया