२०७४ सालको आम चुनावमा दुईवटा कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच चुनावी गठबन्धन गरेर बहुमत प्राप्त गरे तर त्यो बहुमत सत्तास्वार्थमा केन्द्रित हुँदा पार्टी नै विभाजन हुन पुग्यो । अहिले प्रचण्ड–माधव खेमा र ओली खेमा बिच शक्ति संघर्ष चलिरहेको छ । दुई खेमा बिचको लडाइँले आम नागरिक चेपुवामा परेका छन् । जनताले कुन समूह ठिक र कुन समूह बेठिक भनेर छुट्याउन सकिरहेका छैनन् । मुलुकको सबैभन्दा ठूलो दलमा विभाजन आउनु लोकतन्त्रको लागि खतरा हो ।
अहिले मुलुकको राजनीति सही बाटोमा उभिन सकेको छैन । अब मुलुकको राजनीतिलाई सही बाटोमा ल्याउन कि त संसद पुनस्थापना हुनुप–यो कि त चुनाव नै हुनुप–यो यो बाहेक अरु कुनै विकल्प छैन । अहिले मुलुकमा संवैधानिक संकट र राजनीति संकट दुबै छ । यसबाट निकास नआउदा सम्म अहिले सम्मका प्राप्त उपलब्धीहरु धरापमा परेका छन् ।
लोकतन्त्रवादी शक्तिहरु यी उपलब्धी जोगाउन एक ठाउँमा उभिन जरुरी छ । केही गणतन्त्र विरोधी शक्तिहरु यो व्यवस्था असफल बनाउने खेलमा लागिपरेका छन् ।
प्रतिक्रिया