साथै बैठकमा प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव, पार्टीको संगठन समायोजन र १४औं महाधिवेशनबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
गत पुस ७ गते सुरु कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको छ। तर पनि कांग्रेसले संसद् पुर्स्थापनाबारे बोलेको छैन। साथै संसद् विघटनविरुद्ध आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खिने भन्नेमा पनि कांग्रेस द्विविधामा छ।
सभापति शेरबहादुर देउवा संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अहिल्यै आन्दोलनमा जान उपयुक्त नहुने बताइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता भने आन्दोलनमा जानुपर्ने पक्षमा छन्।











प्रतिक्रिया