Pura Samachar

मिलेमतोमा मौलाउँदो भ्रष्टाचार

प्रकाशित: January 27, 2021
पूरा समाचार

मिलेमतोमा मौलाउँदो  भ्रष्टाचार

डा. डीआर उपाध्याय

 

देशमा सुशासन कायम गर्नको लागि सार्वजनिक प्रशासन स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी बन्न जरुरी छ ।

 

भ्रष्टाचार नियन्त्रण गरी आम नागरिकलाई सुशासनको अनुभूति गराउने सरकारको मुख्य जिम्मेवारी हो ।

 

सरकारको तर्फबाट प्रयास नभएको होइन तर आम नागरिकले अपेक्षा गरे अनुरुप प्रभावकारी हुन सकेन ।

 

देशमा नागरिकले भ्रष्टाचारविरुद्धका आवाज उठाईरहेका छन् ।तर यी आवाजहरु कोही सुन्न तयार छैनन् ।

 

देशमा भ्रष्टचार मौलाउँदै गएको छ । भ्रष्टचार भनेको देश विकासको बाधक हो ।

 

जब सम्म देशमा भ्रष्टचार नियन्त्रण गर्न सकिदैन तबसम्म देश विकास हुन सक्दैन ।

 

देशमा भ्रष्टहरुलाई अझै कारबाही प्रकृया प्रभावकारी हुन सकेको छैन। यसैका कारण भ्रष्टाचारीहरू मौलाउँदै गएका छन् ।

 

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा मौलाउँदै गएको समाचार विभिन्न सञ्चार माध्यमले लेख्दै आएका छन् ।

 

जनताले अझै सुशासनको अनुभूति गर्न सकेका छैनन् । सरकारले जुन किसिमको नीति लिएको छ त्यसलाई क्रेन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी बनाउन जरुरी छ ।

 

मुलुकको भ्रष्टाचार नियन्त्रण कार्यलाई प्रभावकारी नबनाउँदा सम्म देशको भाग्य र भविष्य निर्माण हुन सक्दैन । भ्रष्टाचारीलाई शिघ्र कारबाहीको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचारीलाई कसैले संरक्षण गर्नु हुँदैन ।

 

यस्ता गलत प्रवृत्तिमा परिवर्तन आउनु जरुरी छ । भ्रष्टाचारविरुद्धको अध्ययन अनुसन्धानलाई वैज्ञानिक ढंगले अगाडि बढाउनु पर्छ ।

 

भ्रष्टाचारका सबुद प्रमाण उपलब्ध गराउने कार्यमा सम्बन्धित निकायका प्रमुख जिम्मेवार हुनु पर्छ । सबुद प्रमाण गायब गर्ने व्यक्तिलाई कारबाही हुनुपर्छ ।

 

संघीय तहदेखि स्थानीय तहसम्मका प्रत्येक निकायहरूले आफ्ना छानबिन, अनुसन्धान एवं निर्णय निष्पक्ष रुपमा गर्नुपर्छ । देशमा सुशासन कायम नभए सम्म सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने देखिन्न ।

 

संघीय तहदेखि स्थानीय तहसम्म व्याप्त रुपमा मौलाएको भ्रष्टाचार नियन्त्रण नभए सम्म देशमा सुशासन कायम हुन सक्दैन । विभिन्न बहानामा भ्रष्टाचारी उम्काउने वा कम सजाय गराउने वा ढिलो सजाय गराउने कार्य रोक्नुपर्छ ।

 

केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्म राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, पेसागत संघसंस्था, बिचौलिया, उपभोक्ता समुदायसमेतको मिलेमतोमा भ्रष्टाचार हुने गर्दछ । यसले गर्दा राज्यको स्रोत दोहन भैरहेको छ ।

 

यस्तो प्रवृत्ति बढ्दै गएकाले मुलुकको सुशासन कायम हुन सकेको छैन ।

Team building - Events - Matilde Beach Resort - For the holiday of my  dreams.

प्रतिक्रिया