Pura Samachar

निर्वाचन आयोगमा चिठी बुझाएर फर्किए प्रचण्ड-नेपाल पक्षीय नेताहरू

प्रकाशित: January 29, 2021
पूरा समाचार

निर्वाचन आयोगमा चिठी बुझाएर फर्किए प्रचण्ड-नेपाल पक्षीय नेताहरू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोगले बोलाएको छलफलमा  सहभागी नभई फर्किएको छ।

निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले बोलाएको छलफलमा प्रचण्ड-नेपाल समूहका नेताहरूले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल राजधानीबाहिर भएकाले छलफल सहभागी नहुने बताएका हुन्।

प्रचण्ड-नेपाल पक्ष माघ १८ गतेसम्म उपत्यकाबाहिरका राजनीतिक कार्यक्रममा छन्।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रचण्ड-नेपाल बाहिर रहेका कारण प्रतिनिधि मनोनयन पनि गर्न नसकिएको चिठी निर्वाचन आयोगमा पठाएका छन्।

अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि पठाउन आयोगले बिहीबार प्रचण्ड-नेपाल र प्रधानमन्त्री केपी ओली पक्षलाई भनेको थियो।

‘माघ १८ गतेपछि उपयुक्त मिति र समयमा छलफलको आयोजना गर्न हुन अध्यक्षज्यूको अनुरोध छ,’ ढकालले आयोगमा पठाएको पत्रमा छ।

सोही पत्र आयोगलाई बुझाएर नेताहरू राजेन्द्र पाण्डे र लीलामणि पोखरेलसहित नेताहरू फर्किएका हुन्।

प्रधानमन्त्री ओली पक्ष आयोगमा छलफल गरिरहेको छ।  प्रचण्ड-नेपाल विराटनगरमा आयोजित विरोधसभामा छन्।

 

प्रतिक्रिया