Pura Samachar

नेपाल सरकार बिरूद्धको प्रदर्शनको कारण शब हेर्न समेत नपाउने अवस्था सिर्जाना नहोस्

प्रकाशित: June 12, 2020

नेपाल सरकार बिरूद्धको प्रदर्शनको कारण शब हेर्न समेत नपाउने अवस्था सिर्जाना नहोस्

निरोध राज दाहाल (तिलगंगा, काठमाडौं)

– भारतको महाराष्ट्रमा डेढ महिना पहिले हजारौं मजदुरले प्रदर्शन गरेका थिए | अहिलेको अवस्था हेर्दा महाराष्ट्रमा संक्रमितको संख्या ९७६४८ पुगेको छ भने ३५९० जनाको मृत्यु भएको छ | जबकी चीनमा संक्रमितको संख्या ८३०५७ छ | महाराष्ट्रमा हिंजोमात्र ३२५४ जना संक्रमित भए भने १४९ जनाको मृत्यु भयो | त्यस्तै दिल्लीमा जुलाईको अन्त्यसम्म ५ लाख संक्रमित पुग्न सक्ने त्यहाँका मुख्यमन्त्रीले भनेका छन् |
– स्पेनमा भएको प्रदर्शनमा सहभागी धेरै संक्रमित भएको र त्यसको केहि हप्तापछि आफन्तले शब हेर्न समेत नपाएको अवस्था आएको थियो |
– ब्राजिलमा भएको प्रदर्शनको कारण हजारौं संक्रमित भएको बताइएको छ | ब्राजिलले संक्रमितको संख्यामा अहिले अमेरिकालाई पछ्याइरहेको छ |
– जुलुसमा सामाजिक दुरी कायम नहुने, मास्कको प्रयोग सहि तरिकाले नहुने, अपरिचितको भीड हुने, हात धुने / स्यानिटाइजर प्रयोग नहुने भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ |
– अध्ययनले देखाएको छ कि बिरोध प्रदर्शनमा चिच्याउने, नारा लगाउने, सिठी फुक्ने, खोक्ने आदि गर्दा संक्रमितको मुखबाट कोरोना भाइरसको लोड धेरै निस्किने र धेरैजना एकैपटक संक्रमित हुने सम्भावना धेरै हुन्छ |
– त्यहाँ हामी युवा संक्रमित भएमा हाम्रो घरमा रहनुभएका जेष्ठ नागरिक, दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई संक्रमण सरेर जोखिम धेरै बढ्छ |
– सहरी क्षेत्रमा लाखौँ जनाको बसाइ हुने तथा ठूलो समुहमा संक्रमण सर्यो भने संक्रमण अनियन्त्रित भएर हाम्रा अस्पतालले धान्न नसक्ने अवस्था आउन सक्छ |
– यो महामारीको समयमा गर्ने बिरोधको स्वरूप परिवर्तन गरेमा हामी सुरक्षित हुनेछौं | सामाजिक संजाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिको माध्यमबाट सामुहिक बिरोध हुँदा बिगतमा धेरै मन्त्रीले राजिनामा दिन बाध्य भएको हामीलाई अवगत नै छ |
– सरकारले आर्थिक अनुशाशन, पारदर्शिता, मितब्यब्यिता तथा जवाफदेहितालाई आफ्नो कर्तब्य ठानेर जनताका हरेक सरोकारलाइ इमान्दरपूर्वक ब्यबहारमा देखाउन सक्नु पर्दछ | कमीकमजोरी, अनियमितता तथा ढिलासुस्ती गर्ने जो कोहिलाई पनि पदमुक्त गर्ने, सक्षम व्यक्तिलाई काम गर्ने अवसर दिने, हरेक आर्थिक गतिविधिलाई नियामक निकायबाट अनुगमन गर्ने तथा जनतालाई रोग, भोक र आर्थिक समस्याबाट बचाउन सरकार क्रियाशील हुनु जरुरी छ |
– यो विषम परिस्थितिमा सरकार, आम जनता तथा मेडिया एकताबद्ध भएर महामारीसंग जुध्नुको बिकल्प छैन |
देशव्यापी भएको यो प्रदर्शन सरकारले समयमै सुनेर जनता विश्वस्त हुने गरि सम्बोधन गरोस | सरकारले सबै नागरिकको अभिभावक भएको कर्तब्य पालना गरोस | त्यसो भएमा आम नागरिकको असन्तुष्टि निराकरण हुनेछ |
संयमित बनौं, सुरक्षित बनौं, जीवन अमुल्य छ |

प्रतिक्रिया