Pura Samachar
  • यी हुन् विकास र समृद्धिका आधार – डा.डीआर उपाध्याय

    प्रकाशित: ३ महिना पहिले

    यी हुन् विकास र समृद्धिका आधार – डा.डीआर उपाध्याय

    विकास र समृद्धि आजको आवश्यकता हो ।

    विकास र समृद्धिको बाटोमा सबै नेपाली जनता एक ढिक्का भएर अघि बढ्नु पर्दछ ।

    आम नागरिकले विकास र समृद्धि चाहेका छन् ।

    अहिले जनता राजनैतिक दलहरुबीचको झगडा देख्दा वाक्क दिक्क छन् ।

    यसरी विकास र समृद्धि हुँदैन ।

    समृद्धिले भौतिक विकासका साथै आमनागरिकमा हर्षोल्लास, उमङ्ग र उत्साहको खुसी ल्याउन सक्नु पर्छ ।

    मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकास सँगसँगै आमनागरिकको जीवनस्तर उकासिनुपर्छ यसलाई नै वास्तविक समृद्धि भनिन्छ ।

    जबसम्म भौतिक विकासलाई अघि बढाउन सकिँदैन तबसम्म समाज तथा मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिँदैन ।

    अब नेपाललाई अल्पविकसित तथा गरिब मुलुकको स्तरबाट माथि उकास्ने कार्यमा सरकार दृढसङ्कल्पसहित अघि बढ्नु पर्छ ।

    अहिले देशमा तीन तहका सरकार छन् ।

    तिनै तहका सरकारले विकास र समृद्धिमा जोड दिनु पर्दछ ।

    स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र समाधान हुनु पर्दछ ।

    त्यसो भयो भने मात्र आमनागरिकमा वास्तविक सार्वभौमसत्ताको अनुभूति हुन्छ ।

    स्थानीय तह भनेको समृद्धिको पहिलो खुड्किलो हो ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ ’को नारालाई सार्थक बनाउन तिनै तहका सरकारको जिम्मेवारी र कर्तव्य हो ।

    देशमा विद्यमान राजनीतिक अस्थिरता, मौलाउँदो अनियमितता र भ्रष्टाचार समृद्धिका बाधक हुन् ।

    समृद्धिको लागि जलस्रोत तथा पर्यटन क्षेत्रका सम्भावनालाई सही सदुपयोग गर्न सक्नु पर्छ ।

    सरकारले आयोजनाप्रमुख छनोट गर्दा हाम्रा भन्दा राम्रा र योग्य व्यक्तिले प्राथमिकता पाउनु पर्छ ।

    विगतका गल्तीबाट सरकारले पाठ सिकेर अघि बढ्दा राम्रो हुन्छ ।

    देशमा गलत प्रवृत्ति फस्टाएका कारण अहिले सम्म विकास र समृद्धि हुन सकेन ।

    अझै पनि हाम्रो सामु धेरै चुनौती खडा भएका छन् ।

    जबसम्म गाउँ–गाउँमा कृषि कर्म गर्ने कृषकभन्दा सहरका गल्ली गल्लीमा कुकुर डुलाएर हिँड्नेलाई सम्पन्न देख्ने जुन हामीमा भएको गलत सोँच र संस्कारमा परिवर्तन हुन सक्दैन, तबसम्म समृद्धिको सपना आकासको फल आँखा तरि मर भन्ने उखान जस्तै हुनेछ ।

    समृद्धिका लागि राज्यले शिक्षालाई व्यवसायमुखी र प्रविधिमैत्री बनाउनु पर्छ ।

    त्यसैगरि राज्यले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गरी गुणस्तरीय बनाउने र ग्रामीण सडक सञ्जालको शीघ्र निर्माण र यथोचित स्तरोन्नति गर्ने कुरामा जोड दिनु पर्छ ।

    यसरी नै विकास र समृद्धिको आधार तय हुन सक्छ ।

    प्रतिक्रिया