Pura Samachar

संसदीय व्यवस्थाको विडम्वना-डा.डीआर उपाध्याय

प्रकाशित: February 17, 2021

संसदीय व्यवस्थाको विडम्वना-डा.डीआर उपाध्याय

पछिल्लो राजनीतिक घटनाक्रमले देश जटिल मोडतिर धकेलिएको छ ।

यो चिन्ताको विषय हो ।

केही समयदेखि मुलुक आर्थिक, राजनैतिक र संवैधानिक संकटमा छ ।

राजनैतिक परिवर्तनपछि पटक पटक नेताहरूले जनतालाई भर्याङ बनाएर सत्तामा जाने गरेका छन् ।

सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ ।

यसले गर्दा पनि आम नागरिक दलप्रति असन्तुष्ट छन् ।

यसो हुनुमा दलहरु नै दोषी छन् ।

केपी शर्मा ओली खेमाको नेकपाले चुनावी सभा गर्दै हिंडेको छ ।

चुनाव हुन्छ अथवा हुँदैन, त्यो भने भन्न सकिने अवस्था छैन ।

देश कोरोनाको कारण उत्पन्न समस्याले झेलिँदै गएको छ ।

गरिखाने वर्ग झन् पछि झन गरिवीमा धकेलिँदै छन् ।

यस्तो बेलामा निर्वाचन गर्न खोजेर देशलाई आर्थिक संकटमा पार्न खोजिँदै छ ।

बजार अनियन्त्रित भइरहेका बेला बेमौसमको चुनावले आउँदा दिनको बजार कहाँ पुग्ला रु

यो नै गम्भिर विषय हो ।

पैसा बिना चुनावमा उम्मेदार बन्न पनि सकस परिरहेको अवस्था छ ।

जो सँग पैसा छ, उसैको हातमा टिकट थमाइदिने लामो समयदेखिको राजनैतिक प्रवृति अझै पनि कायम छ ।

पैसा नहुनेले झट्ट टिकट नै पाउँदैनन् यदि टिकट पाइहाले पनि जित्ने संम्भावना अत्यन्त न्यून हुन्छ ।

संसदीय व्यवस्थामा चुनाव महँगो बन्दै गएको छ ।

विगतमा आफ्नो पार्टी र देशको निम्ती त्याग तपस्या गरेका विभिन्न पार्टीका नेताहरु पैसाको अभावले चुनावमा उठ्ने आँट गर्दैनन् ।

यस्तो छ संसदीय व्यवस्थाको विडम्वना ।

जबसम्म राजनीतिलाई समाजसेवाका रुपमा हेरिंदैन, तबसम्म यस्ता समस्याहरु बारम्बार दोहोरिरहन्छन् ।

देशलाई संकटबाट बचाउँन देशभक्त नेपाली आफैं जाग्नु पर्छ ।

देशको भविष्य सुधार्न सबै पक्ष इमान्दारीका साथ लाग्नु पर्छ ।

देशमा अधिनायकवाद वा त्यस्तै कुनै पनि तानाशाह टिक्न सक्दैनन् ।

कसैले त्यस्तो सोचेको छ भने त्यो केवल दिवा सपना मात्र हो ।

लोकतन्त्रको विकल्प लोकतन्त्रै हो ।

यहाँ अरु कुनै विकल्प छैन ।

स्पष्ट खाका र मार्गदर्शन दिन नसक्ने कुनै नेताको काम छैन ।

अब देशलाई क्षमतावान नेताको आवश्यकता परेको छ ।

अब अल्मलिने बेला छैन ।

देशलाई माथि उठाउँन सक्ने सक्षम र योग्य नेताको जरुरी छ ।

अब देश हाँक्ने राजनीतिक दल र तिनका नेताहरुको इमान्दारीताको खाँचो छ ।

नेकपालाई दुईतिहाइको बहुमत नपचेर संसद विघटन गर्यो ।

जसको कारणले देशमा धेरै समस्याहरु उत्पन्न भएका छन् ।

वर्तमान समयमा उत्पन्न राजनैतिक र संवैधानिक संकट समाधान गरी छिटो निकास खोजिनु पर्छ ।

प्रतिक्रिया