Pura Samachar

भागरथी भट्टको हत्यारा सार्वजनिकः पीडित परिवारले न्याय पाउने आशा–डा.डीआर उपाध्याय

प्रकाशित: February 18, 2021
पूरा समाचार

भागरथी भट्टको हत्यारा सार्वजनिकः पीडित परिवारले न्याय पाउने आशा–डा.डीआर उपाध्याय

काठमाडौं– बलात्कारका घटना दिन प्रतिदिन बढ्दै जानु हाम्रो समाजको अगाडि तेर्सिएको गम्भिर चुनौति हो ।

कतिपय यस्ता घटना छिपिएका र दबिएका पनि छन् ।

वास्तविक दोषीलाई पक्राउ गर्न कठिन पनि भएको छ ।

हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानूनी व्यवस्था हुनु पर्छ ।

अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन् ।

बलात्कारको सूचना पाउँदा समयमै घटनास्थलसम्म पुग्छन् ।

तर, परिणाम के हुन्छ भने समयमै दोषी पक्राउ पर्दैन ।

मुख्य समस्या नै यही हो ।

बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या, सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ ।

यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ ।

विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्याय पाउने आशा गरिएको छ ।

यस घटनाको अनुसन्धानमा राज्यले निकै तत्परता देखाएकोले छिटो सफलता प्राप्त भयो ।

नजिककै आफन्त र नातेदार, साथीसंगति र शंकास्पद व्यक्ति प्रहरीको अनुसन्धानमा आएको कारणले गर्दा दोषी पत्ता लगाउन सहज भएको बुझिएको छ ।

यस घटनाका साथै कुनै पनि घटनामा कानूनको कार्यान्वयन पक्ष फितलो हुनु हुँदैन ।

जसले गर्दा यस्ता अपराध र बलात्कारका घटना दोहोरिन पाउँदैनन् ।

अझै पनि हाम्रो समाजमा छोरी, दिदी, बहिनी कतै सुरक्षित छैनन् ।

आफ्नै बाबु, दाजु, भाइ, छरछिमेकी, साथीबाटै हाम्रा छोरीचेलीको अस्मिता लुटिरहेको समाचार दिनहुँ आइरहन्छन् ।

यस्ता घटना सबै मिलेर नियन्त्रणमा ल्याउनु पर्छ ।

शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानु पर्छ ।

बलात्कारजन्य अपराध अनुसन्धानमा राज्यको अनुसन्धान प्रभावकारी ढंगले अघि बढ्नु पर्छ ।

कार्यान्वयन पक्ष व्यवहारमा लागु हुनु पर्छ ।

बैतडीकी किशोरी भागरथी भट्टकै बलात्कारपछिको हत्याको घटनाले सबैलाई फेरि झस्काएको छ ।

बलात्कारपछिको हत्या सबैभन्दा संवेदनशील अपराध हो ।

संवेदनशील यो अपराधको घटनाको अनुसन्धानले छिटो सार्थकता पायो तर अपराधीलाई दण्डित गर्ने सवालमा कति सम्मको सार्थकता पाउँछ भन्ने चासोको विषय बनेको छ ।

अपराध र बलात्कारका यस्ता कुनै पनि घटनाहरु अन्योलपूर्ण बन्न हुँदैन । अनुसन्धान सफल बन्न प्रारम्भिक अनुसन्धान त्रुटिरहित हुनु पर्छ ।

समाजमा बलात्कार हुनबाट रोक्न सबैभन्दा पहिला समाजमा जनचेतना जगाउनु पर्छ ।

जनचेतनाको अभावमा यस्ता घटनाहरु बारम्वार दोहोरिरहेका छन् ।

अब यस्ता घटनाहरु कुनै पनि बहानामा दोहोरिनु हुँदैन ।

तपाईं हाम्रो समाजमा यस्ता किसिमका घटना घट्न दिनु हुँदैन र कथमकदाचित यस्ता घटना घटि हालेमा कसैले पनि दोषीलाई जोगाउने वा संरक्षण दिने जस्ता गलत काम गर्नु हुँदैन ।
यसले गर्दा अपराधीको मनोवल झन् बढ्छ ।

यस्ता गतिविधि रोक्नको लागि तपाईं हामी सबै मिलेर समाजमा जनजागरण ल्याउनुपर्छ ।

राम्रा कुरा सिक्ने, असल नागरिक बन्ने कुरामा सबैको ध्यान जानु पर्छ ।

असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउछ । – फाल्गुन ६, २०७७

प्रतिक्रिया