Pura Samachar
  • राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति -डा.डीआर उपाध्याय

    प्रकाशित: ६ दिन पहिले

    राजनीतिक संकट उत्पन्न हुनमा दम्भको राजनीति -डा.डीआर उपाध्याय

    काठमाडौं– यति बेला देश राजनीतिक संकटले अप्ठारोमा परेको छ ।

    देशको राजनीतिक संकट समाधान गर्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ ।

    लामो समयसम्म राजनीतिक संकट यही अवस्थामा रहने हो भने देशमा खतरा आउन सक्छ ।

    गत पुस ५ गतेका दिन प्रधानमन्त्रीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक संकट बढ्दै गएको छ ।

    मुलुकमा शान्ति, विकास र सामाजिक न्यायसहित समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माणको दिशामा अगाडि बढनुपर्नेमा नेकपा दुई खेमामा विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोप लगााउँदै हिड्नु खासै राम्रो संकेत होइन ।

    संविधान जारी भएको ५ वर्ष नपुग्दै मुलुकमा यस्तो गम्भीर खालको राजनीतिक संकट निम्तनु नेपाल र नेपाली जनताको लागि दुःखद पक्ष हो ।

    सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्लाई विघटन गर्नु हुँदैन्थ्यो ।

    यसले संविधानका मूल्यमान्यतामा गम्भीर खालको चुनौती खडा भएको छ ।

    आर्थिक सामाजिक रूपान्तरणका जनमुखी कार्यक्रम आजको आवश्यकता हो ।

    राजनीतिक संकटलाई छिटो समाधान गर्नुपर्छ ।

    राजनीतिक संकट उत्पन्न हुनमा नेकपाका दुबै खेमा दोषी छन् ।

    नेकपाका दुबै खेमाले दम्भको राजनीतिलाई छाडेर वर्तमान संकट समाधान गर्नेतर्फ लाग्नुपर्छ ।

    नेकपाले नेपाली जनता र देशलाई धोका दिने काम गरेको छ ।

    यो कुरा नेपाली जनताले चुनावको परिणामबाट निश्चय नै फैसला गर्ने छन् ।

    सत्तामा पुगेपछि सत्ता उन्मादले जुन सुकै शासकलाई पनि अन्धो बनाउँछ ।

    सत्ताको घुम्ने कुर्सी नै त्यस्तै हुँदो रहिछ कि क्या हो ?

    कवि भूपि शेरचनले त्यसै भनेका होइन रहेछ –‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’

    यो कुरा वर्तमान शासकलाई मात्र भन्न खोजेको होइन, विगतका शासकमा पनि यही प्रवृति थियो ।

    दलीय व्यवस्थामा शासक जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्छ ।

    आफूखुसी शासन चलाउन पाइँदैन ।

    यसले अहिले जस्तै भोलि पनि राजनीतिक संकट उत्पन्न गराउन सक्छ ।

    अहिले पनि जनतामा उत्साह छैन ।

    जनतामा निराशा, आक्रोशको मात्रा बढेर गएको छ ।

    विगतमा राजनीतिक दलबीचमा भएको सहकार्य र एकताबाट जुन परिवर्तन भयो र सहमतिबाट संविधान जारी भयो ।

    तर, संविधान जारी भएपछि राजनीतिक दलबीचमा ध्रुर्वीकरण भयो ।

    अझ पछिल्लो समय संसद् विघटनको कदमले राजनीति ध्रुर्वीकरण बढेर गएको छ ।

    देशभित्र रोजगारीका अवसर नपाउँदा रोजगारीको खोजीमा ५०औं लाख नेपाली विदेशतिर भौतारिरहनुपर्ने जुन स्थिति छ, यसले पनि संकट उत्पन्न गरेको छ ।

    सार्वभौमसत्ता सम्पन्न जनता भनेर संविधानले प्रत्याभूत गरेको छ ।

    तर, जनताको राज्यसत्तामा भएको बेथितिलाई निगरानी र नियन्त्रण गर्ने क्षमता कमजोर बनेको छ ।

    नेता नै सबै थोक हो भन्ने सामन्तवादी सोच हाबी रहेको छ ।

    पार्टीमा आन्तरिक लोकतन्त्र सुदृढ हुन सकेको छैन ।

    कार्यकर्ता पार्टीको नीति होइन, अमुक नेताका पछि लाग्ने गुटबन्दीपूर्ण अभ्यासले गर्दा पनि पार्टीहरू पद्धतिसम्मत ढंगबाट सञ्चालन हुन सकिरहेका छैनन् ।

    जसले गर्दा आन्तरिक लोकतन्त्र कमजोर भएको छ ।

    राजनीतिक क्षेत्रमा उत्पन्न समस्या र संकटले आर्थिक सामाजिक क्षेत्रमा समेत संकट उत्पन्न गरेको छ । फाल्गुन १०

    प्रतिक्रिया