
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असफल भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदमलाई खारेज गर्दै पुनर्स्थापनाको फैसला सुनाएको छ ।
अहिले नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको अवस्था छ ।
दम्भ एवं अहंकारको राजनीति कसैले गर्नु हुदैन भन्ने पाठ सिकाएको छ ।
प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक दृष्टिले अनुचित भएको तथ्य सिद्ध भएको छ ।
अब मुलुकलाई निकास दिन प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु अपरिहार्य भएको छ ।
अहिले मुलुकमा नयाँ सरकार कहिले र कस्को नेतृत्वमा बन्ने भन्ने बिषयमा चर्चा चलेको छ ।
नयाँ सरकार त्यति सजिलै बन्ने अवस्था देखिँदैन ।
नयाँ सरकार गठनको बिषयमा अनेकन बाधा र संवैधानिक एवं कानुनी जटिलता देखिएका छन ।
केही संवैधानिक र प्राविधिक जटिलताले नेपालको राजनीति अझै पनि गोलचक्करमा फस्ने खतरा देखिएको छ ।
मुलुक पुनः राजनीतिक खिचातानी र विवादको भुमरीमा फसेको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा दिएर मुलुकलाई छिटोभन्दा छिटो निकास दिनुपर्छ भन्नेहरु पनि छन् ।
नेकपा फुटेको होइन, दुई खेमामा बिभाजित मात्र भएको हो ।
अब सबैको जोडवलमा नेकपाभित्रको विवाद व्यवस्थापन हुनु पर्छ ।
जनताको चाहना पनि त्यो हो ।
अब ओलीले राजीनामा दिएर जनताको सहानुभूति र समर्थन आर्जन गर्न सक्नु पर्छ ।
यो नै बुद्धिमानी ठहरीने छ ।
पद त्याग गर्नु नै ओलीको राजनीतिक भविष्यका लागि लाभदायक हुनेछ ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नैतिक आधारमा समेत ओली प्रधानमन्त्रीमा रहनु अनुचित हुनेछ ।
नेकपा कानुनी रूपमा दुईवटा पार्टी बनिनसकेको अवस्थामा प्रचण्ड–माधव पक्ष र ओली पक्ष बीच मुलुक र पार्टीको हितको लागि एकता हुनुपर्ने अपरिहार्य छ ।
त्यसैले नेकपा मिल्नुको विकल्प छैन ।
आफू- आफुमा झगडा गरेर फाइदा कसैलाई छैन ।
यदि दुई खेमा बीच एकता नभएमा इतिहासमा नेकपाका लागि त्योभन्दा ठूलो भुल अरू केही हुने छैन ।
आगामी दिनमा जनतासमक्ष निर्वाचनमा जाँदा नेताहरु कुन मुख लिएर जाने ?
जनताले यो प्रश्न गर्न सक्नेछन् ।
नेकपासँग त्यो जवाफ हुने छैन ।
जनताका सामु मुख देखाउन सक्ने अवस्था पनि नरहन सक्छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षका लागि जनताको जनादेश प्राप्त गरेको छ ।
यो जनादेशमाथि अपमान गर्नु हुँदैन ।
हाल भएका राजनीतिक गतिविधि पनि त्यति सन्तोष जनक छैनन् ।
नेकपाका दुबै खेमा मिलेर जाँदा नै राम्रो हुन्छ ।
जनता यसको पक्षमा छन् ।
जनताका लागि यो स्वीकार्य पनि छ ।
जनताको म्यान्डेटको सम्मान गर्न नेताहरुले सिक्नु पर्छ ।
पार्टी विधानतः फुटेको छैन ।
निर्वाचन आयोगले पनि यसलाई फुटेको मान्यता दिएको छैन ।
कार्यकर्ता र जनता एकताको पक्षमा छन् ।
नेकपाका दुई खेमाबीचको एकता नै मिलन बिन्दु हो ।
प्रतिक्रिया