Pura Samachar

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

प्रकाशित: March 8, 2021

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

डा.डीआर उपाध्याय –

काठमाडौं – देशको राजनीति अहिले उतारचढावमा छ ।

मुलुकमा नयाँ किसिमको राजनीतिक ध्रुवीकरण बढेर गएको छ ।

दृष्टिकोण

अब के हुन्छ, कसको सरकार बन्छ ?

अहिले यी प्रश्न उठेका छन् ।

अब नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ?

जनता समाजवादी पार्टीले के सोचेको छ ?

नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ ।

नेकपाको आधिकारिकता ऋषि राम कट्टेलले पाएका छन् ।

सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ ।

पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो ।

प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ ।

देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ ।

नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् ।

अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदैछन् ।

एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य हुन सकिरहेको छैन ।

नेकपा आधिकारिकताको विवाद टुङ्गो लागेको छ ।

तर प्रचण्ड–माधव समूह यसमा असन्तुष्ट देखिएका छन् ।

ओली समूहले अदालतको फैसला स्वागत गरेको छ ।

हिजोसम्म दुवै पक्षले आफ्नो गुट नै आधिकारिकता हुने भन्दै पार्टी सदस्यलाई कारबाही, मनोनयनजस्ता कार्य गर्दै आएका थिए ।

दुवै समूहले सार्वजनिक सभा, समारोह, कार्यकर्ता भेला छुट्टाछुट्टै गर्दै आए ।

ती कार्यक्रममा एक समूहले अर्को समूहलाई गालीगलौज, आरोप प्रत्यारोप लगाउने कार्य गरे ।

यसप्रकारको गलत राजनीतिले देशलाई कहाँ पुर्याउला ?

नेपाली जनताले नेकपालाई विश्वास गरेर दुईतिहाइ मत दिएका हुन् ।

अहिले जनता माथि ठूलो घात भएको छ ।

नेपाली जनताको पीर–मर्का नेताहरुले बुझन सकेनन् ।

विकास निर्माणको काम गर्न छाडेर नेताहरु एक आपसमा लडने यो कस्तो राजनीति हो ।

समृद्ध र सम्पन्न नेपाल बनाउने कि एक–आपसमा झगडामात्रै गरेर सिङ्गो पार्टी नै चकनाचुर बनाउने ?

अहिलेको परिस्थिति आउनुमा नेकपाका दुवै पक्षको बराबरी जिम्मेवारी छ ।

पहिले नै नेकपाका एक अध्यक्षले पार्टी सञ्चालन गर्ने र अर्कोले सरकार सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

त्यो निर्णय पनि कार्यान्वयन भएन ।

सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीले राजीनामा दिने अनुमान गरेका थिए ।

जुन अपेक्षा थियो, त्यो पूर्ण भएन ।

यतिखेर ओली पक्ष सरकार कायम राख्ने र प्रचण्ड–माधव समूह गिराउने खेलमा रहेको देखिन्छ ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलसँग दुवै समूहले सरकार गठनमा सहयोग गर्न भन्दै भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

वास्तवमा यतिखेर नेपाली काँग्रेसले नेपाली राजनीतिमा देखिएको वर्तमान अवस्थाको चिरफार गरी अघि बढनु पर्ने देखिन्छ ।

विगतमा भएका कमीकमजोरी आत्मसात् गर्दै दुवैसमूह मिल्नु पर्छ ।

अझै पनि पार्टी फुट हुनबाट जोगाउन सकिने ठाउँ छ ।

नेकपामा देखिएको विवादलाई चाँडो टुङ्ग्याउनुपर्छ ।

आमनेपाली नागरिकले नेताहरू मिली पार्टी एक भएको हेर्न चाहेका छन्, फुटेको हैन ।

गुट, उपगुट र फुटको राजनीतिले कहिल्यै देश बन्दैन ।

नेताहरु फुटेर होइन, जुटेर अघि बढ ।

प्रतिक्रिया