
काठमाडौं, जेठ ३२
मौसम पूर्वानुमान महाशाखाले आइबारको मौसम पूर्वानुमान जारी गर्दै अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायुको प्रवेश भइसकेको, पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव पनि कायमै रहेको जनाएको छ ।
महाशाखाले हाल प्रदेश १ र सुदुर पश्चिम प्रदेशका तराई क्षेत्रमा र देशभरका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेश १ र प्रदेश २ को एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राती सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया