Pura Samachar

आगलागी हुँदा पाँच लाखको क्षति

प्रकाशित: March 11, 2021

आगलागी हुँदा पाँच लाखको क्षति

सप्तरी, २७ फागुन (रासस) : कञ्चनरुप नगरपालिका– १ मा आज आगलागी भएको छ । वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।

प्रतिक्रिया