Pura Samachar

राजनीतिमा देखिएको गलत संस्कार

प्रकाशित: March 12, 2021

राजनीतिमा देखिएको गलत संस्कार

डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन २८ ।

मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मञ्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ–आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ–आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ, राजनीति बाटो सिधा नहुदो रहेछ, यो शिद्धान्तको कुरा होइन, यो भोगाइ र देखेको कुरा हो ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्नेहरु शिर झुकाएर आफ्नै घर एमालेमा फर्किएका छन् । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो । अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने सङ्केत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भने घाटा पुर्‍याएको छ । दाहालका केहि नेता, कार्यकर्ता ओलीको पक्षमा खुलेर लागेका छन् ।

ओलीले पनि नेकपा माओवादी केन्द्रका नेतालाई एमालेमा राम्रो जिम्मेवारी दिएर बिश्वास जित्नु भएको छ । यसले के सङ्केत देखाउछ भने भोली माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा आउने निश्चित छ । अव देश नयाँ ढङ्गले अघि बढने अवस्था देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपाल (जसपा)का शीर्ष नेताहरूसँग छलफल गर्नु भएको छ । छलफल सकारात्मक भएको सञ्चार माध्यममा आएको छ ।

उक्त छलफलमा रेशम चौधरीलाई जेलवाट छुटाउने कुराले महत्व पाएको बुझन सकिन्छ । जसपाको प्रमुख सर्त यो भएको बुझन सकिन्छ । यो सर्त पुरा भए जसपा सरकारमा सहभागी हुने बलियो आधार तय भएको छ । ओली राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । अस्ति भर्खरै बिप्लवलाई शान्तिपूर्ण मूल राजनीतिको बाटोमा ल्याउनु भयो । यो सवैको लागी खुशिको कुरा हो ।

जति सुकै ओलीलाई धारे हात लगाए पनि ओलीका रणनीति र योजनाहरु सफल हुँदै आएका छन । हिजो ओलीलाई गाली गर्ने नेताहरूले कुन मुख लिएर ओलीलाई भेटने होलान्। बडो अचम्मको कुरा त यो छ । राजनीतिमा यस्ता गलत संस्कार र परम्पराको अन्त्य जरुरी छ । राजनीति विचार र शिद्धान्तले चल्ने हो । गाली गलोजले होइन । हिजो एक अर्का माथी गाली गलौज गर्ने नेताहरू बैठकमासँगै कसरी बस्ने होलान । मञ्च पाए पछि के बोले थाहा नपाउने नेताका कारण देश बिग्रिएको छ । यो देश कसले सपार्ने हो भगवान्ले जानुन ।

नेपाली जनता लामो समयदेखि दुःख कस्ट बेहोर्दै आएका छन् । यो देशमा नेता धनि बन्दै जाने र जनता झन पछि झन गरिव हुदै जाने अवस्था छ । जनताले देशमा राजनीति दलवाट देशको बिकास र समृद्धि हुन्छ भन्ने आश गरेका थिए तर आशा अनुसार काम हुन सकेको छैन । ओली सरकारले केहि गर्न खोजेकै हो तर पार्टी भित्रको आन्तरिक विवादले धेरै कुरा ओझेलमा परेका छन् । यो सरकारको खुट्टा तान्ने काम आफ्नै पार्टीका नेताहरू बाट धेरै भयो । तर, योजना सफल भएन । आफू पनि नगर्ने अरुले गर्न खोज्दा गर्न पनि नदिने यो गलत संस्कारले कसैलाई अघि बढाउदैन ।

प्रतिक्रिया