Pura Samachar

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु ः पूर्वप्रधानमन्त्री नेपाल

प्रकाशित: March 12, 2021

राजनीतिबाट विश्राम लिएपछि  यात्रा संस्मरण लेख्छु ः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, २८ फागुन (रासस) ः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उहाँले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताउनुभयो । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उहाँको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।” पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिनुभयो ।

प्रतिक्रिया