डा.डीआर उपाध्याय-
काठमाडौं, चैत १०– लामो समयदेखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढ्दै गएको छ ।
यो हाम्रो देशको लागि गम्भिर चुनौतिको बिषय हो ।
यो चुनौतिलाई पार गर्न सबै एक हुनु पर्ने आवश्यकता छ ।
दृष्टिकोण
हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ, त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो ।
देशमा दिगो शान्ति कायम हुन नसके विकास र समृद्धि आउन सक्दैन ।
आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन् ।
कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् ।
यो हाम्रो देशको यथार्थ हो ।
विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो ।
शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।
युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् ।
खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ।
यो हाम्रो नेपालको यथार्थ चित्रण हो ।
गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् ।
गाउँमा कोही मान्छे बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने अभाव छ ।
हाम्रो देशमा राजनीतिक परिवर्तन पटक पटक भए तर बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँु छन् ।
बेरोजगार र गरीव जनतालाई अगाडि देखाएर सत्तास्वार्थको भर्याङ चढ्ने प्रवृति धेरै बढेर गयो ।
राजनीतिक दल र तिनका नेताहरु बेइमानी भए ।
सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो ।
देशमा गरिवीको संख्या बढिरहेको छ।
दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ छ ।
बेरोजगार युवाको परिचालन तथा व्यवस्थापनमा राज्यले जति गर्नुपर्ने थियो, त्यति गर्न नसक्दा समस्या थप बल्झिएको हो ।
यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने बिदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ ।
अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ ।
सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।
मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन् ।
यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ ।
देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ ।
रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नु पर्ने जरुरी देखिएको छ ।
जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ ।
यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो ।
देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ ।
नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले फाइदा लिन सक्नु पर्छ ।
सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा ध्यान दिनु पर्छ ।
अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ ।
पर्यटनको ठूलो सम्भावना रहेको नेपालमा पर्यटकीय स्थल विस्तारमा जोड दिँदा राम्रो हुन्छ ।
त्यसैगरि कृषि वा पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले स्वदेशमा नै प्राविधिक शिक्षाको विस्तार गर्नु पर्छ ।
प्राविधिक शिक्षाले केही हदसम्म रोजगारीको सुनिश्चिता गर्छ ।
अहिले आत्मनिर्भरता , विकास र,समृद्धिका कुरा ओझेलमा परेका छन् ।
रोजगारीका अवसर गुमेका छन् ।
समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ ।
त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ ।
प्रतिक्रिया