Pura Samachar
  • हिजोका नेता र आजका नेता

    प्रकाशित: २ हप्ता पहिले

    हिजोका नेता र आजका नेता

    –डा.डीआर उपाध्याय

    काठमाडौं– देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ?

    नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञासाको विषय बनेको छ ।

    नेकपा एमाले मिलेर जानु पर्छ भन्ने कुरा देशको हितमा छ ।

    दृष्किोण

    दल र तिनका नेताहरु फुटेर कसैलाई फाइदा छैन ।

    राजनीति भनेको जनताको सेवा गर्ने चिज हो ।

    पद, पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गर्नु हुँदैन ।

    यसले मुलुकलाई पछाडि लैजान्छ ।

    अहिले जुन किसिमका राजनीति दृश्य देखिएको छ, त्यो जनतालाई मन परेको छैन ।

    हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो ।

    राजनीतिक दलका नेताहरु बेइमानी भए ।

    जनताको भविष्य भन्दा पनि आफनो भविष्य बनाउने तिर नेताहरु लागे ।

    सबैभन्दा ठूलो समस्या यो हो ।

    हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् ।

    हिजोका दिनसम्म राम्रोसँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरुको अहिले आलिसान महल, गाडी, बैंक व्यालेन्स सबै छ ।

    अहिले नेपाली राजनीति लगानी बिनाको व्यापार भएको छ ।

    राजनीति गर्न अलि–अलि भाषण गर्न सिके भयो ।

    पछिल्लो पुस्ता राजनीतिमा त्यति आर्कर्षित छैन ।

    राजनीतिले वितृष्णा जन्मायो ।

    २०४६ सालको परिवर्तनपछिका पाँच, छ वर्षसम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो ।

    अहिले राजनीति गर्नेको इज्जत छैन ।

    यो किन यस्तो भयो ?

    समीक्षाको बिषय बनाइनु पर्छ ।

    धेरै पहिले नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो ।

    नेतासंग बोल्न डराइन्थ्यो ।

    त्यस्तो थियो कुनै बेला ।

    त्यस बेलाका नेताहरु त्यागी र निस्वार्थी पनि थिए ।

    तिनीहरुले लाभको राजनीति कहिल्यै गरेनन् ।

    देश र जनताका लागि सोच्थे ।

    तर अहिलेका नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ भन्दा अरु केही हेर्न सकेनन्, जसका कारण राजनीति दुषित भयो ।

    अब राजनीतिलाई सफा गर्नु पर्ने आवश्यकता छ ।

    राजनीति आफैंमा दुषित होइन ।

    राजनीति गर्ने नेताहरुको व्यवहार, नैतिकता र चरित्रका कारण दुषित र बदनाम भएको छ ।

    कारण के हो भने राजनीतिको नाममा कमाउने र ठग्ने खेला भयो ।

    जनताको आवश्यकता र समस्या केछ त्यो बुझ्ने फुर्सद कसैलाई छैन ।

    चर्को भाषण गरेर मात्र मुलुकको समस्या समाधान हुँदैन, चर्को स्वरमा कराउँदैमा नेपालमा साम्यवाद आउँदैन ।

    साम्यवाद आउने भए हामी त्यो भन्दा बढी चर्को स्वरमा कराउन सक्छौँ ।

    आज देशमा अर्को समस्या के देखिएको छ भने उत्पादनमुखी काम गर्ने भन्दा बढी राजनीति गर्ने नेता धेरै भए ।

    हामीले देखेका छौं, जुन देशमा धेरै नेता हुन्छन् त्यो देशको विकास हुन समय लाग्छ ।

    देशको आर्थिक स्रोतले देशको विकास गर्ने की नेता पाल्ने ?

    यो नै अहिले गम्भिर प्रश्न बनेर खडा भएको छ ।

    देशको विकास गर्न उत्पादनमा लाग्नु पर्छ ।

    देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ?

    अहिलेको हाम्रो देशको समस्या ,तल्लो तहदेखि माथिल्लो तहसम्मका नेताकार्यकर्ता पाल्नुपर्ने अवस्था छ ।

    देशको आर्थिक अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ ।

    आर्थिक अवस्थाका कारण देश चलाउन धौ–धौ परेको अवस्था छ ।

    हिजोका नेता र आजका नेतामा धेरै फरक छ ।

    हिजोका नेताहरु जनताप्रति इमान्दार थिए ।

    खै आज त्यो इमान्दारीता देखाएको ?

    देशमा नेताहरु इमान्दार नबनेसम्म देशको विकास सोचे अनुसार अघि बढ्न सक्दैन ।

    हामीले देखिरहेका छौं, आज जुन किसिमले दलहरु र तिनका नेताहरु सत्ताका लागि लडिरहेका छन्, त्यो मुलुकका लागि राम्रो संकेत होइन ।

    देश बनाउन दुरदर्शी सोच र दृढ इच्छाशक्ति चाहिन्छ ।

    प्रतिक्रिया