
–डा.डीआर उपाध्याय
काठमाडौं– चैत्र २६, केहि दिनअघिको कुरा हो ।
म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिएँ ।
बाटाहरु उकाली र ओराली मात्र थिए ।
म जुन ठाउँमा जानु थियो, त्यो ठाउँमा यातायातको सुविधा थिएन ।
यातायातको सुविधा नभएपछि पैदल हिंड्नै पर्ने बाध्यता आयो ।
दृष्टिकोण
उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो ।
तर त्यो रहर धेरै कठिन भयो ।
तपतप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ, घरि घरि ओरालो पनि झर्नु पर्ने रहेछ ।
जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ ।
मलाई जान्नु र बुझनु थियो की पहाडको जनजीवन कस्तो हुन्छ ?
मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ ।
त्यसैबेला म एउटा चौतारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिएँ ।
बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ ।
मलाई आनन्द आयो ।
त्यही बेला चौतारीदेखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एक जना अधवैंसे युवा उकालो चढिरहेका थिए ।
ती युवाले पनि तपतप पसिना बगाउँदै थिए ।
उनले लगभग ५० किलोको धानको बोरो बोकिरहेका थिए ।
म बसिरहेकै चौतारीमा आएर थ्याच्च भारी बिसाए ।
मैले उनलाई पुर्लुक्क हेरें ।
उनको शरिर सबै पसिनाले भिजेको थियो ।
म अचम्म परें ।
आखिर परिश्रमको फल भनेको यस्तै रहेछ की क्या हो ?
मान्छेको जीन्दगी भनेको नै उकाली र ओराली रहेछ ।
कहिले दुस्ख र कहिले सुख ।
जीन्दगी यो हो ।
शहरमा बस्नेलाई के थाहा ? पहाडको दु:ख र सुख ।
यो हरेक मान्छेमा पर्ने कुरा हो ।
मैले ती भारी बोक्ने भरियाबाट केही कुरा सिक्ने मौका पाएको छु ।
यो यात्राबाट गीत लेख्ने सोच बनाएको छु ।
ढिलो चाँडो गीत आउन सक्छ ।
यो एउटा अनुभव हो ।
जीन्दगी भनेको अनुभव र भोगाईको यात्रा हो ।
जीन्दगीमा थाक्नु हुँदैन ।
जो जिन्दगीबाट थाक्छ, त्यसको जिन्दगीको भविष्य त्यहीँबाट सकिन्छ ।
अरु भन्दा पहाडी जनजीवन अलि कठिन हुन्छ ।
सबै पहाडमा होइन, केहि पहाडमा अझै कठिन छ ।
यातायातको सुविधा नभएका ठाउँको कुरा गरिरहेको छु ।
अरु ठाउँको होइन ।
आखिर पहाडमा सबैको जिन्दगी यस्तै गरी चलिरहेको छ ।
सबै ठाउँमा गाडीको सुविधा पुगेको छैन ।
गाडीको सुविधा नपुगेको ठाउँमा हिंड्नै पर्ने हुन्छ ।
आफनो गन्तव्य पुग्न पनि पैदल यात्रा गर्नु पर्ने मेरो बाध्यता थियो ।
म चार घण्टा लामो पैदल यात्रा गरेर गन्तव्य पुगेको छु ।
म अलि हिंड्न र सकेसम्म सबै ठाउँ घुम्न रुचि भएको मान्छे हुँ ।
मलाई एक ठाउँ बसिरहन दिग्दार लाग्छ ।
मलाई एकान्तमा बसेर संगीत सुनिरहन मन पर्छ ।
आफैं गीत लेख्छु, मलाई गीत लेख्न शान्त ठाउँ मन पर्छ ।
त्यसको साथै साहित्य, संगीत र लेख रचना मेरो रुचिको विषय हो ।
म गरीव, निमुखा जनताको पक्षमा लेख्न बढि रुचाउँछु ।
मलाई कसैको चाकडी र चाप्लुसी गरेर लेख्ने मन लाग्दैन ।
म आफैं मनमनै भन्छु–‘म एउटा बिद्रोही लेखक हुँ । मलाई गरीवको आँशु देख्न मन लाग्दैन । बरु सकेको सहयोग गर्न मन लाग्छ । खै के हो मेरो जीन्दगी ?’
छिनछिनमा हाँसो आउँछ, छिनछिनमा आँशु ।
यो मेरो जीन्दगीमा मात्र होइन, सबैको जीन्दगीमा आउने कुरा हो ।
मानव जाती भनेको अरु जातीभन्दा चेतनशील र सचेत जाती हो ।
मान्छे भएर जन्मनुमा हामी गर्व गर्नु पर्छ ।
यो छोटो जीन्दगीमा धेरै प्रगति गर्नुछ ।
तर सोचे जति प्रगति कसैले पनि गर्न सक्दो रहेन्छ ।
हामी खाली आएको हो खाली जाने हो ।
लोभ लालच गरेर केही हुँदैन ।
कसैले पनि लोभ लालच गर्ने बानी छोडौं ।
यो जीन्दगी यस्तै हो ।
दीनदुस्खीको सेवा गर्ने काममा सबै जुटौं ।
अहंकार कसैले नगरौं ।
धनी र गरीवबीचको खाडल पुर्नु पर्छ भन्ने मेरो धेरै पहिलेदेखिको सोच हो ।
तर अझै पनि गरीव र धनीबीचका खाडल पुरिसकेको छैन ।
यो नै मेरो चिन्ताको विषय हो ।
अब गरीव र धनीबीचको खाडल पुरिनु पर्छ, अनि मात्र देशमा दिगो शान्ति स्थापना हुनेछ ।
प्रतिक्रिया