
नेपाल टेलिकमबाट वितरित पोष्टपेड Land–Line टेलिफोन सेवाहरुको यही २०७७ फाल्गुण महिनाको मासिक बिल तयार गर्ने क्रममा प्राविधिक कारणले केही नम्बरहरुमारेन्टल चार्ज छुट हुन गएकाले सो छुटेको रेन्टल चार्ज बिलमा समायोजन गरी यही २०७७ चैत्रमा सम्बन्धित ग्राहक नम्बरको खातामा पोष्टिङ्ग गरिएको हुँदा सो बिलको भुक्तानीको समयावधी थप १ हप्ता (अर्थात २००७÷१२÷२४ सम्म) कायम गरिएकाले सो अवधीभित्रै फाल्गुण महिनाको बाँकी महशूल भुक्तानी गरिदिनुहुन अनुरोध गर्दै सम्बन्धित ग्राहक महानुभावहरुमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
प्रतिक्रिया