Pura Samachar
  • शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क/वितर्क

    प्रकाशित: ३ हप्ता पहिले

    शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क/वितर्क

    –डा.डीआर उपाध्याय
    काठमाडौं– यति बेला कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ ।

    यसले फेरि सबैजसो क्षेत्रलाई त्रसित बनाएको छ ।

    गएको वर्ष पनि हामी त्रासमा बाँच्न बाध्य भयौं ।

    कोरोनासंग खेलवाड कसैले गर्नु हुँदैन ।

    दृष्टिकोण

    यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ ।

    अनावश्यक घर बाहिर ननिस्कि, भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुँदैन ।

    हामी सबैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ ।

    त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ ।

    कोरोना संक्रमण फैलियो भने यसको असर सबै क्षेत्रमा पर्नेछ ।

    आज फेरी सबैलाई आफ्नो पेशाम, व्यवसाय चौपट पर्ने हो की ? भन्ने चिन्ता थपिएको छ ।

    नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ ।

    नेपाल सरकारको यो आग्रहलाई सबैले पालना गरौं ।

    हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुर्याउनु पर्छ ।

    सरकारको एकल प्रयासले केही हुँदैन ।

    कोरोनासंग लड्न सबै नागरिक एक जुट हुनु पर्छ ।

    यो पार्टी र उ पार्टी भनेर पन्छिनु हुँदैन ।

    राष्टिय संकट आइपर्दा सबै एक ढिक्का भएर जानु पर्छ ।

    कोरोनासंग जोगिन भिडभाडबाट टाढै रहौं ।

    धेरै मानिसको जमघट हुने तथा भाइरसको संक्रमण सजिलै फैलने ठाउँहरु तत्काल बन्द गर्ने कुरा पनि आएको छ ।

    त्यसै गरी बढी प्रभावित क्षेत्रमा केही समयका लागि शैक्षिक संस्था बन्द गर्नुपर्ने कुरा नेपाल सरकारको छ ।

    तर अर्कोतर्फ शैक्षिक संस्था सञ्चालकहरुको कोरोनाको कारण देखाउँदै बन्द मात्र गरेर समस्या समाधान नहुने भनाई पनि आएको छ ।

    सावधानी अपनाएर पढाइ सुचारु गर्नुपर्ने तर्क सरोकारवालाले गरिरहेका छन् ।

    यति बेला शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क र वितर्क भएका छन् ।

    तर पढाइका वैकल्पिक बाटो देखाउन भने कसैले सकेका छैनन् ।

    अबको ध्यान यतातर्फ केन्द्रित हुनुपर्छ ।

    कोरोनासंग आफैं सुरक्षित हुने र दैनिकीलाई फरक ढंगबाट सञ्चालन गर्नेतर्फ सबैले ध्यान दिनु पर्ने आवश्यकता पनि देखिएको छ ।

    विश्वमा कोरोनाको असर नपरेको कुनै पनि मुलुक छैन ।

    कोरोनाले सबैको जनजीवन अस्तव्यस्त बनाएको छ ।

    अर्बौंको धनमालको क्षति भइसकेको छ ।

    अब हरेकले फरक ढंगबाट सोच्नुपर्छ र कोरोनासँगै जुधेर बाँच्नसक्ने विकल्पको खोजी गर्नु पर्छ ।

    कोरोना संक्रमण रोक्न बढी भिडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, उद्योग कलकारखाना, होटल, व्यापारिक मललगायतका धेरै मानिसको जमघट हुने ठाउँ बन्द गर्नु अथवा स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्नु उपयुक्त देखिन्छ ।

    अर्को तिर यी क्षेत्रहरु बन्द हुदा अर्थतन्त्र चौपट हुने खतरा पनि देखिएको छ ।

    मुलुकको अर्थतन्त्रलाई चलायमान गराउनु पर्ने पनि हुन्छ ।

    तसर्थ तत्कालका लागि शैक्षिक संस्था सञ्चालनको वैकल्पिक उपाय खोजीए पनि अन्य क्षेत्रमा विकल्प खोज्नुपर्ने बेला आएको छ ।

    गत वर्ष पनि कोरोनाकै कारण लकडाउन भएपछि लामो समयसम्म स्कुल तथा कलेज बन्द रहेका थिए ।

    केही शैक्षिक संस्थाहरुले लकडाउन हुने बित्तिकै अनलाइन वा अन्य माध्यमबाट पढाइ सुचारु गरेका थिए भने केही विद्यालय लकडाउनको कारणले मर्कामा परेका थिए ।

    यसको असर अहिले पनि परिरहेको छ ।

    अब फेरी कोरोना संक्रमण बढ्दै जाने अवस्था देखियो भने पुनः लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

    कोरोनालाई कुनै क्षेत्रले पनि खेलवाड गरेर आफू खुसि अथवा सरकारको निणर्यलाई बेवास्ता गर्ने काम नगरौं । –बैशाख ४

    प्रतिक्रिया