Pura Samachar
  • ओली र प्रचण्ड मिलेको भए पार्टी फुट्ने थिएन !

    प्रकाशित: ३ हप्ता पहिले

    ओली र प्रचण्ड मिलेको भए पार्टी फुट्ने थिएन !

     

    –डा.डीआर उपाध्याय

    काठमाडौं– नेपालमा भएका सबै राजनीतिक दलहरु अर्थात पार्टिहरु मिलेर जाँदा नै राम्रो हुन्छ ।

    सत्ताका लागि पार्टी फुट्नु भनेको जनमतकै अपमान हो ।

    अहिले जसपा भित्र पनि ठूलो विवाद उत्पन्न भएको छ ।

    दृष्टिकोण

    बाबुराम भट्टराई र उपेन्द्र यादव सरकारमा जान नहुने अडानमा छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष सरकारमा जाने कुरामा जोड दिँदै आएका छन् ।

    लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भएपछि पार्टीभित्र विवाद चर्किएको हो ।

    सत्ताका लागि पार्टी भित्र यस्ता खेल पहिला पनि हुने गर्दथे ।

    यो कुनै नौलो कुरा होइन ।

    राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थभन्दा अरु केही सोचेनन् ।

    उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउँदै आएका छन् ।

    अवसर भनेको सधैं भरी आउँदैन ।

    त्यसो भएकोले अवसर गुम्न दिनु हुँदैन । भोलि पछुतो लाग्न सक्छ ।

    राजनीति भनेको सबै नीतिको मूल नीति हो ।

    त्यसैले राजनीतिलाई वदनाम गर्ने काम कसैले गर्नु हुँदैन ।

    गत आम निर्वाचनमा कम्युनिस्टहरूको एकताका कारण झण्डै दुई तिहार्इ बहुमत आयो ।

    अब आउँदो चुनावमा के हुन्छ भन्न सकिँदैन ।

    कम्युनिस्टहरू मिलेर नजाने हो भने अब आउँदो चुनावमा कांग्रेस अगाडि आउने देखिन्छ ।

    अब आउने चुनाव नेपाली काँग्रेसको लागि अवसर हुने देखिन्छ ।

    प्रजातन्त्र पुनःस्थापना भए यता जति पनि आम निर्वाचन सम्पन्न भए, अधिकांश ती आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो ।

    नेपाली काँग्रेस लामो समयसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो ।

    उ लोकतान्त्रिक र पुरानो पार्टी पनि हो । नेपाली काँग्रेसले पटक–पटक सरकारको नेतृत्व त गर्दै आयो, तर जनताका जुन किसिमका अपेक्षाहरु थिए ति भने उसले पुरा गर्न सकेन ।

    त्यसकारण कम्युनिष्टहरुका लागि अवसर बन्यो ।

    कम्युनिस्ट पार्टीहरू एकआपसमा मिल्न नसकि विभाजन हुँदै आएका छन ।

    यसले गर्दा पनि नेपाली काँग्रेसलाई बेला बेलामा फाइदा हुने गरेको छ ।

    गत चुनावमा कम्युनिस्ट पार्टी मिलेर झण्डै दुईतिहाइ नजिक बहुमत ल्याएका थिए ।

    तर उनीहरुको एकता लामो समय सम्म टिक्न सकेन ।

    एकता तीन वर्ष मात्र कायम रह्यो ।

    कम्युनिष्टमा यो समस्या छ । नेपालको राजनीतिक इतिहासमा वामपन्थी पार्टी पटक पटक फुट्दै , जुट्दै आएका छन् ।

    फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा छ ।

    जति कम्युनिष्ट जुट्छन् । उती उनीहरुलाई फाइदा छ ।

    एकतामा नै कम्युनिस्टहरूको जीत सुनिश्चित हुन्छ ।

    अरु बेला भन्न सकिंदैन ।

    २०७४ सालअघिका निर्वाचनमा पनि कम्युनिस्टहरूले नै बहुमत ल्याउने सम्भावना बलियो थियो, तर विभाजनका कारण उनीहरूले बहुमत ल्याउन सकेनन् ।

    विगतमा आफ्नै कमजोरीका कारण उनीहरुले धेरै अवसर र सम्भावना गुमाएका छन् ।

    ओली र प्रचण्डले २०७४ को वाम एकतालाई कायम राख्न सकेनन् ।

    जुन एकता उनीहरूको प्रयासमा नै सफल भएको थियो ।

    कम्युनिस्टहरु मिल्न जान्दैनन्, विभाजन मन पराउँछन् ।

    यो कुरा इतिहासले पुष्टि गर्दछ ।

    भारतले नेपालमा कम्युनिस्ट पार्टी मिलेर बसेको देख्न चाहेको थिएन ।

    नेकपा फुटमा भारतको हात छ भन्नेहरु पनि छन् ।

    उनीहरुलाई मात्र दोष देखाएर पानी माथिको ओभानो बन्न खोज्नु मुर्खता हुनेछ ।

    ओली र प्रचण्ड मिलेको भए पार्टी फुट्ने थिएन ।

    एकता गरेर जाने हो भने नेपालमा कम्युनिष्टहरुको नै बहुमत छ ।

    उनीहरूलाई अन्य दलसँग सहकार्य गर्न आवश्यकै पर्दैन ।

    नेपाली जनताले सिंगो वामपन्थी एकता खोजेका छन् ।

    तल्लो तहका नेताहरू पनि एकताको पक्षमा छन्, वाम नेताहरूमा अहंकार, घमन्ड र व्यक्तिगत स्वार्थ छ ।

    नेपाली जनताले एकता खोजेका छन् ।

    एकता गरेको कारणले नै नेपाली जनताले २०७४ सालको चुनावमा कम्युनिष्टलाई बहुमत दिएका हुन् । बैशाख ८

    प्रतिक्रिया