Pura Samachar
  • महामारीमा आफ्नो सुरक्षा आफैं गरौं

    प्रकाशित: २ हप्ता पहिले

    महामारीमा आफ्नो सुरक्षा आफैं गरौं

     

    –डा.डीआर उपाध्याय

    काठमाडौं– अहिले देशमा फेरी कोरोनाको त्रास फैलिएको छ ।

    यसमा मनोवल कमजोर बनाउने होइन, उच्च मनोवलका साथ सामना गर्ने हो ।

    कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ ।

    आफ्नो सुरक्षा आफैं गरौं ।

    कोरोनासंग खेलवाड नगरौं ।

    कोभिडका रोगीको संख्यामा वृद्धि भइरहेको छ ।

    यो दोस्रो लहरको प्रवेश हो ।

    अब के गर्ने भन्ने सम्बन्धमा सरकार गम्भिर बनेको देखिन्छ ।

    तर, सरकारको मात्र एकल प्रयासले केही हुँदैन ।

    सरकारलाई सबैले सहयोग गरौं ।

    सरकारले यो गरेन र उ गरेन भनेर अल्मलिने बेला अब छैन ।

    आ–आफनो ठाउँबाट कोभिडको सामना गरौं ।

    यो एउटा विपत् हो ।

    यो विपतको सामना गरेर अघि बढौं ।

    कोभिडले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन् ।

    योभन्दा पहिले देखा परेको कोरोनाले केटाकेटीलाई कम प्रभाव पारेको भनिएको थियो ।

    पहिलो लहरको कोरोनाले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गरेको थियो ।

    तर दोस्रो लहरको कोरोनाको प्रभाव बढी मात्रमा २० वर्षमुनिका व्यक्तिमा परेको छ ।

    त्यसैले गर्दा स्कुल बन्द गर्नु पर्ने बाध्यता आयो ।

    यो रोगबाट बच्न हामीले समयमै सावधानी अपनाउने काम गरौं ।

    यो रोग बढी घातक मानिएको छ ।

    छिमेकी देश भारतमा दिनको तीन लाखभन्दा बढी रोगी देखिएका छन् ।

    पश्चिमा देशमा दोस्रो, तेस्रो र संयुक्त राज्य अमेरिकामा त चौथो लहरले सम्म प्रवेश गरेको पाइएको छ ।

    इटालीजस्ता केही देशले बन्दाबन्दीसम्म गरेका छन् ।

    अमेरिका जस्ता अन्य देशले सामान्य सावधानीका उपाय अपनाएका छन ।

    सरकार र राजनीतिक दल मिलेर यसको सामाना गर्नु पर्छ ।

    यस्तो बेलामा एक–अर्काबीच हानथापको राजनीति गर्नु राम्रो हुने छैन ।

    ओली सरकारलाई सहयोग गरेर अगाडि बढेमा कोभिडलगायत सबै समस्या समाधानमा सफलता हासिल गर्न सकिने छ ।

    अहिले नेपालमा जुन किसिमले कोरोना बढेको छ, यो चिन्ताको विषय हो ।

    मुख्यतः भारतबाट नेपाल प्रवेश गरेका मानिसबाट आएको संक्रमणले यो फैलिएको बताइन्छ ।

    त्यसकारण सीमामा कडाइ गरिनुपर्छ ।

    यो रोगसंग कसैले हेलचेक्राइँ गर्ने काम नगरौं ।

    हेलचेक्राइँले गर्दा यो स्थिति आएको हो भन्ने बुझनु पर्छ ।

    नेपाल सरकारले अहिले भएको भयावह परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक कदम चाँडै चाल्नु पर्छ ।

    भीड हुने खालका क्रियाकलाप कसैले नगरौं ।

    बिहे, वर्तबन्ध आदि कार्यक्रममा सरकारले तोकेको भन्दा बढी जम्मा हुने काम नगरौं ।

    यस्ता कार्यक्रममा न्यूनतम २५ जाना भन्दा बढी जम्मा हुन नपाइने सरकारले निर्देशन गरिसकेको छ ।

    माक्स लगाउने, साबुन पानीले मिचि मिचि हात मुख धुने, सेनिटाइजर प्रयोग गर्ने, एक अर्काको पर–पर रहने जस्ता काम गर्न कहिले नभुलौं ।

    सार्वजनिक यातायातमा एक–अर्काबीच दुरी कायम गरौं ।

    सामाजिक दुरी कायम राख्न नभुलौं ।

    अबको यो भयावह परिस्थितीमा आफैं सुरक्षित हुने बेला हो ।

    समाजमा कोभिड सम्बन्धि सबैलाई जनचेतना जगाऔं । बैशाख १३

    प्रतिक्रिया