Pura Samachar

उपप्रमद्वारा पूर्वप्रम खनालको स्वास्थ्यावस्थाबारे जानकारी

प्रकाशित: May 2, 2021

उपप्रमद्वारा पूर्वप्रम खनालको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौँ, १९ वैशाख (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।

नर्भिक अस्पतालमा रहनुभएका पूर्वप्रधानमन्त्री खनाललाई टेलिफोन गरी उहाँले स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिनुभयो । कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।

प्रतिक्रिया