Pura Samachar

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

प्रकाशित: May 11, 2021

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

 

काठमाडौँ, २८ वैशाख : आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको  छ ।

काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल सञ्चालन गर्न पाइने भएको छ । उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको हो ।

यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।

प्रतिक्रिया