Pura Samachar
  • ‘मन्त्रीज्यू एउटा अक्सिजनको सिलिन्डर ल्याएर त देखाउनु होस्’ : रवि लामिछाने

    प्रकाशित: १ महिना पहिले

    ‘मन्त्रीज्यू एउटा अक्सिजनको सिलिन्डर ल्याएर त देखाउनु होस्’ : रवि लामिछाने

    – डा.डीआर उपाध्याय

    काठमाडौं, बैशाख ३०– आज देश अति नै विषम परिस्थितिबाट गुज्रँदै छ ।

    कोरोनाको डरले मान्छे घरबाट बाहिर निस्केका छैनन्, यस्तो बेलामा निस्कने कुरा पनि भएन ।

    देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनहुँजसो आईरहेका छन् ।

    अक्सिजन दिइरहेका बिरामीहरुले अक्सिजन सकिएर ज्यान गुमाउनु परिरहेका समाचार आउँछन् ।

    यो भन्दा दु:खद कुरा अरु के हुन सक्छ ?

    सरकारले पूर्व तयारी नगरेको कारणले नै यो भयावह परिस्थिति निम्तिएको हो भन्ने कुरामा दुईमत छैन ।

    यदि समयमा सरकारले पूर्व तयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन ।

    भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा–हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन रु

    सरकारलाई पूर्व तयारी गर्न केले रोक्यो ? प्रश्न यो पनि हो ।

    आज देश बडो दु:खमा छ ।

    सिंगो देश रोएर बसेको छ ।

    आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हड्डी लुछाचुहृडी गर्न ब्यस्त छन् ।

    यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको व्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गएको भए हुन्थ्यो भन्ने आमनागरिकको अपेक्षा हो ।

    तर नेताहरुले यतातिर पटक्कै ध्यान दिएका छैनन् ।

    आज रबि लामिछाने जस्ता सञ्चारकर्मीले अक्सिजनको जोहो गरिरहेका छन् ।

    समस्यामा परेका मान्छेहरुलाई सहयोग गरिरहेका छन् ।

    मैले हिजो एउटा भिडियो देखें ।

    रवि लामिछाने र सरकारका एकजना मन्त्रीबीचको सवाल–जवाफ थियो त्यहाँ ।

    बडो अचम्म लाग्यो ।

    रवि भन्छन् –‘मन्त्री ज्यू एउटा अक्सिजनको सिलिन्डर ल्याएर देखाउनु होस् त ।’

    फेरी भन्छन् –‘एउटा अक्सिजनको सिलिण्डर ल्याएर देखाउनु होस् त ।’

    मन्त्री ट्वाँ मात्र पर्छन्, ल्याएर देखाउँछु भन्न समेत सकेनन् ।

    यो मेरो देशको कस्तो बिडम्वना हो ।

    आज अक्सिजनको अभावमा कति नागरिकले ज्यान गुमाईरहेका छन् ।

    सबै नागरिक जुटेर यो भयावह परिस्थितीको सामना गर्नु पर्ने अवस्था आएको छ ।

    निषेधाज्ञाको मौका छोपेर कालोबजारी मौलाउँदै गएको छ ।

    सरकारले त्यसको प्रभावकारी ढंगले अनुगमन गर्न सकिरहेको छ ।

    कालोबजारीका कारण धेरै चिजहरु अभाव हुँदै गएका छन् ।

    कालोबजारी नियन्त्रण गर्ने कुरामा अहिलेसम्म कुनै सरोकारवाला निकाय लागेका छैनन् ।

    कोरोनाको बहानामा आमनागरिकलाई सास्ती दिने काम बाहेक अरु केही गर्न सकेका छैनन् ।

    आमनागरिक त सरकारले जारी गरेको निषेधाज्ञालाई पालना गरि घरमै बसिरहेका छन् ।

    काम गर्न नपाएपछि पैसा आउँदैन, पैसा नभएपछि भोकै बस्नु पर्ने बाध्यता हुन्छ ।

    त्यस्तो बाध्यतामा धेरै नागरिक परिसकेका छन् ।

    आज धेरैको चुल्हो निभेको अवस्था छ ।

    श्रमजीवि वर्ग जो दैनिक मजदुरी गरेर जीविका चलाईरहेका थिए, ती वर्गको अवस्था यति बेला नाजुक छ ।

    यो आपतबिपतमा हेर्नु पर्ने त सरकारले हो नी ।

    तर सरकार कता कता हराए जस्तो छ ।

    निषेधाज्ञाको मौका छोपेर पैसा कमाउनेको पनि कमी छैन यहाँ ।

    बजारमा महंगीले आकाश छोएको छ ।

    बजार भाउ छोइसक्नु छैन ।

    यस्तो भएपछि कसरी बाँच्ने ?

    मान्छेलाई बाँच्नका लागि गाँस, बास, कपासको अति आवश्यक हुन्छ ।

    त्यसको जोहो गर्न रोजगारी चाहिन्छ ।

    जब मान्छेको रोजगार गुम्छ, तब उ भोको हुन्छ ।

    किनकी रोजगार गुमेपछि उसंग पैसा हुँदैन ।

    अहिले आम नागरिकको समस्या यस्तै बन्दै छ ।

    सरकारी जागिर खाने, सरकारी तलबभत्ता बुझ्ने बाहेक अरु नागरिकको समस्या दयनीय छ ।

    शहर बजारमा भाडामा बस्ने नागरिकको समस्या त्यस्तै छ ।

    घर धनीहरुले महिना कट्दा भाडा छोड्दैनन् ।

    शहरमा कोठा भाडाको पनि त्यस्तै महंगी छ ।

    अहिले देश पुरै भद्रगोल अवस्थामा छ ।

    समस्यै समस्याबीच नागरिक बाँच्नु परेको छ ।

    धन हुनेको मन छैन, मन हुनेको धन छैन ।

    पैसा हुनेहरुले त्यस्ता समस्यामा परेका नागरिकहरुलाई सहयोग गरे हुन्थ्यो नि ।

    नेपालमा सहयोगी हातहरु नउठेको होइन, उठिरहेका छन् ।

    तर त्यतिले मात्र प्रयाप्त छैन ।

    अब सबैले मन फुकाएर आ–आफनो ठाउँवाट समस्यामा परिरहेका नागरिकहरुलाई जे सकिन्छ सहयोग गर्ने भावना बसालौं ।

    समस्यामा परेको बेलामा हो एकले अर्कालाई सहयोग गर्ने, अरु बेला त आफैं गरिखाईन्छ नी ।

    अब सरकारको मुख ताकेर बस्ने बेला छैन ।

    आफ्नो सुरक्षा आफैं गर्ने हो ।

    प्रतिक्रिया