Pura Samachar

नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन ः नेता कोइराला

प्रकाशित: May 24, 2021

नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन ः नेता कोइराला

काठमाडौँ, १० जेठ (रासस) ः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज जुम प्रविधिद्धारा आयोजित ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक सम्वाद कार्यक्रममा उहाँले सरकारले कोरोना परिक्षणको दायरालाई बढाउन कन्टयाक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेता डा कोइरालाले कोरोना भ्याक्सिन ल्याउनका लागि सरकारले यथेष्ट पहल गर्न नसकेको भन्दै यसका लागि कांग्रेसले पहल थाल्नुपर्ने उल्लेख गर्नुभयो । पार्टीले आफ्नो १४ औँ महाधिवेशनको तोकिएको समयमा सम्पन्न गर्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना सङ्क्रमणका लागि सरकारले महानगरपालिकालाई कुनैपनि बजेट नदिँदा कोरोना रोकथाममा समस्या परेको बताउनुभयो । उपत्यकाका विभिन्न १० अस्पताललाई कोरोना उपचारका लागि कामपाले सहयोग गरेको उपप्रमुख खड्गीको भनाइ छ । नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पाँचथरका सभापति नरेन्द्र केरुङ, रामेछापका सभापति लवश्री न्यौपाने, कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कांग्रेस कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया