Pura Samachar

बजेटसम्बन्धी तीन अध्यादेश जारी

प्रकाशित: May 29, 2021

बजेटसम्बन्धी तीन अध्यादेश जारी

काठमाडौँ, १५ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट केही बेरपछि प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया