Pura Samachar

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

प्रकाशित: May 31, 2021

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित

दाङ, १७ जेठ (रासस)ः लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । खड्काले तीनहजार ६१२ मत प्राप्त गर्नुभएको थियो । नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया