Pura Samachar

रामचन्द्र पौडेलले बोलाए संस्थापन इतर पक्षीय केन्द्रीय सदस्यको बैठक

प्रकाशित: June 2, 2021

रामचन्द्र पौडेलले बोलाए संस्थापन इतर पक्षीय केन्द्रीय सदस्यको बैठक

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रम र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आज दिउँसो २ बजे इतरपक्षीय केन्द्रीय सदस्यबीच भर्चुअल मिटिङ हुन लागेको हो ।

केन्द्रीय सदस्य जीवन परियारका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौ ७ १० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्न लागेका हुन् ।

१३ जेठमा नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए
।

अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प  छ । यस्तै १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने उले दोस्रो विकल्प पनि अगाडि सारेका छन् ।

यस विषयमा सुरुमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लिने पौडेलको तयारी रहेको बुझिएको छ ।

काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ ।

प्रतिक्रिया