बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को मुद्दा चर्किएको छ । योसँगै बलिउडमा ‘परिवारवाद’को पछि लाग्ने र राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता र कलाकारलाई दर्शकले बहिष्कारको चुनौती समेत दिन थालेका छन् ।
‘परिवारवाद’ भएको भन्दै जारी विरोध शैली सामाजिक संजालमा सबैभन्दा बढी देखिएको छ । यो मुद्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना भैरहेको छ ।
सामाजिक संजाल इन्स्टाग्राममा आलियालाई अनफलो गर्नेको लहर नै चलेको छ । आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए । तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाख पुगेका छन् । उनलाई इन्स्टाग्राममा अलफलो गर्ने लहर नै चलेको छ ।
आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जली दिदै पोष्ट गरेको एक तस्वीरमा ३ लाख ७३ हजार भन्दा बढी प्रतिक्रिया आएको छ । जहाँ, उनलाई गाली गर्नेको संख्या धेरै छ ।
अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन् । आलियाले कैयौ प्रतिक्रियाहरु हटाएकी छिन् ।
प्रतिक्रिया