
विश्व स्वास्थ्य संगठनले चीनले उत्पादन गरेको अर्को खोप सिनोभ्याकलाई पनि आपतकालीन प्रयोगको अनुमति दिएको छ। यसअघि सिनोफर्मले उत्पादन गरेको खोपलाई डब्लुएचओले अनुमति प्रदान गरिसकेको छ।
१८ वर्षमाथिका लागि बनेको यो खोप विभिन्न देशमा प्रयोगमा आइसकेको छ। दुईदेखि चार हप्ताको फरकमा यसको दोस्रो डोज लिन सकिने डब्लुएचओले जनाएको छ। सिनोभ्याक अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ। ब्राजिलमा यो खोप धेरै प्रभावकारी देखिएको बताइएको छ।
प्रतिक्रिया