Pura Samachar

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं

प्रकाशित: June 3, 2021

यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं

–डा.डीआर उपाध्याय

यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं । बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन । उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ।  खुल्ला आकाशमुनि घुम्न कस्लाई रहर हुदैनर ?  आफूले गरिरहेको काममा समेत फर्कन सकिरहेका छैनौं ।
दोस्रोपटक फैलिएको कोरोनाको नयाँ भेरियन्ट संक्रमण धेरै डर लाग्दो रुपमा फैलदो छ । यसको रोक थामका लागी सबै क्षेत्रबाट हर प्रयास जारी छ । तर पनि अझै सोचे अनुसार कोरोना भाइरस नियन्त्रणमा आउन सकेको छैन । यो नै चिन्ताको बिषय हो । संक्रमणबाट जोगिनुको विकल्प छैन। संक्रमणबाट जोगिनु नै ठूलो कुरा हो । निषेधाज्ञाको यो बेलामा प्रयाय जसो  हामी सामाजिक सञ्जालमा भुल्ने गरेका छौ । यति बेला मन भुलाउने साथी भनेको सामाजिक सञ्जाल बनेको छ । त्यसैले यति बेला हामी सबैलाई सामाजिक सञ्जालले समय बिताउन सहज बनाएको छ। सामाजिक संजाललाई सहि सदुपयोग गर्न जानिएन भने यसले नराम्रो रुप पनि लिन सक्छ । सामाजिक संजालमा जे पायो त्यही पोष्ट गर्ने बिकृति पनि बढदो छ । यस्ता खालका बिकृति रोक्ने काममा सवै सचेत बन्नु पनि पर्छ । राम्रा कुरा पोष्ट गर्न यो एउटा भरपर्दो माध्यम पनि बनेको छ । फेसबुक, टिकटक, ट्विटर, म्यासेन्जर, भारइबरलगायत यी सबै सामाजिक सञ्जाल हुन । यीनको सहि रुपमा  सदुपयोग गर्न सकियो भने राम्रो हुन्छ । यो २१औं शताव्दीमा सामाजिक सञ्जालको विकास र विस्तारले हामीलाई धेरै फाइदा पुयाएको छ । यो युगका हामी भाग्यमानी मान्छे पनि हौं । हामीले प्रविधिलाई ह्दयदेखी धन्यवाद दिनु पर्छ । सामाजिक संजालका राम्रा नराम्रा दुवै पक्ष छन । यसलाई कसरी लिने त्यो आफनो कुरा हो ।
पछिल्लो समय सामाजिक सञ्जालमा आउने गलत कुराले मानिसलाई आतंकित पनि बनाएको छ । मान्छे कस्तो अवस्थामा हुन्छ, चाहिने नचाहिने पोष्टले मानसिक तनावसमेत दिन थालेको छ। कोरोना महामारीमा कसरी ज्यान जोगाउने भन्ने चिन्ता सबैलाई छ । यो बेलामा सामाजिक सञ्जालमा आउने गरेका शवका तस्विर र आत्माबल घट्ने पोस्टले पीडा माथि पीडा थप्दै छ । त्यसमाथि झनै महामारीले आफन्त गुमाएकाहरूलाई त सामाजिक सञ्जालमा आएका मृतकका तस्विर र लेखेका शब्दले मनोबल गिर्ने र हतोत्साही बनाउने काम गरेको छ । आज भोली त बिहान उठ्नासाथ खोलिने सामाजिक सञ्जालमा समवेदना र श्रद्धाञ्जलिका शब्द बाहेक अरु केही देखिदैन । यस्ता खालका पोष्टले आम नागरिकको मनोवल घटने काम गर्छ । यस्तो माहामारीका बेलामा कसैले मृतकका फोटा र अस्पतालमा उपचार भैइरहेको फोटा खिचेर पोष्ट गर्दा मनोवल गिरेर आउँछ । मनोवल गिराउने काम कसैले नगरौं । मेरो बिन्ति छ , यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं ।  धेरै मान्छे मनोवलले बाँचेका छन । मनोवल भन्दा ठूलो कुरा यो संसारमा अरु केही छैन । आफू पनि बाँचौं र अरुलाई पनि बचाँऔं ।

प्रतिक्रिया