नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ रहेको भन्दै केही कलाकारले टिप्पणी गरेपछि यो विषयमा अन्य कलाकारहरूले पनि मुख खोल्न थालेका छन् ।
नेपाली चलचित्र के ‘परिवारवाद’को समस्यामै गुज्रिएकाले फिल्मी क्षेत्रभन्दा बाहिरबाट आउने कलाकारले अवसर नपाएका होलान् त ?
यो विषयमा कलाकार दीपकराज गिरी लेख्छन्–‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको समस्या छ । गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् ।’
दीपकले आमा सरस्वती मुभिजले बनाउने चलचित्रमा ग्रुपिज्म पनि नभएको बताए । उनी भन्छन्–‘हाम्रो चलचित्र कमेडी कथामा बन्ने भएकाले हाँस्य कलाकारको टिम त हुने भइहाल्यो । नायिकाहरू पनि हामीले चलचित्रमा फरक-फरक लिएका छौं।’
प्रियंका कार्कीलाई मात्र चलचित्र खेलाउँदा दीपकले ग्रुपिज्म गरेको आरोप लाग्ने गरेको थियो । तर अहिले यो क्याम्पबाट प्रियंका बाहिरिएको अवस्था छ । प्रियंकापछि दिपीका प्रसाईं, केकी अधिकारीले दीपकको टिमसँग काम गरिसकेका छन् ।
प्रतिक्रिया