Pura Samachar

जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न सामूहिक प्रयासको खाँचो : राष्ट्रपति

प्रकाशित: June 4, 2021

जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न सामूहिक प्रयासको खाँचो : राष्ट्रपति

काठमाडौं,
जेठ २१ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबैको सामूहिक प्रयासबाटमात्र जातीय भेदभाव र छुवाछुत अन्त्य हुन सक्ने बताउनुभएको छ । राष्ट्रपतिले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस कुप्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि समग्र सांस्कृति रुपान्तरणको खाँचो रहेको बताउनुभएको छ ।

‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘सामाजिक जागराणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले सबैलाई अभिप्रेरित गर्नेछ ।

२०६३ जेठ २१ गते सरकारले नेपाललाई जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । २०६८ सालदेखि यसलाई दिवसका रुपमा मनाउन थालिएको हो । कोरोना भाइरसको सक्रमणका कारण यो वर्ष कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन । यद्यपी विभिन्न भर्चुअल कार्यक्रमबीच यो दिवस मनाइँदै छ ।

प्रतिक्रिया