Pura Samachar

प्रहरीको जुवा अपरेसन : न्युरोडबाट १५ जना जुवाडे समातिए, भाग्न खोज्दा एक जना घाइते

प्रकाशित: June 4, 2021

प्रहरीको जुवा अपरेसन : न्युरोडबाट १५ जना जुवाडे समातिए, भाग्न खोज्दा एक जना घाइते

काठमाडौं : काठमाडौँको पाको न्यूरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आज दिउँसो उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिने क्रममा एक जना भने घर माथिबाट झर्ने हुँदा घाइते भएका छन्। घाइतेको खुट्टामा चोट लागेको छ।

‘ठूलो धनराशिको हारजित हुने गरी खेल भइरहेको जानकारी पाएपछि हाम्रो टोली अपरेसनमा पुगेको थियो। केहीलाई पक्राउ गर्न सफल भएका छौँ। केही जुवाडे भने भागेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

प्रहरी टोली जुवा खेलिरहेको अवस्थामा पुगेपछि भाग्न खोज्दा एक जना घाइते समेत भएका छन्। केही मानिस भागेकाले खोजी समेत भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट प्रहरीले १३ लाख रुपैयाँ नगद समेत बरामद गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया