
काठमाडौं । उपप्रधान तथा शहरी बिकास मन्त्री राजेन्द्र महतो विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको हो। अधिवक्ता वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५० (१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा सजाय गरि २५ वर्षसम्म कैद माग गर्दै रिट पेस गरेका हुन।
उपपधानमन्त्री महतोले मन्त्री पदको सपथ लिए लगतै आफुहरुलाई एकल राज्य मान्य नहुने भन्दै बहुल राज्यका लाई लडाइँ लडिरहने विवादास्पद अभिव्यक्ति दिएका थिए। रिट अहिले दर्ताको प्रक्रियामा रहेको छ।
प्रतिक्रिया