Pura Samachar

दश हजार घुससहित चार जना पक्राउ

प्रकाशित: February 9, 2019

दश हजार घुससहित चार जना पक्राउ

काठमाडौँ, २४ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले १० हजार घुससहित चार जनालाई पक्राउ गरेको छ।

अख्तियारले नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जनालाई घुससहित पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्द रहेका छन्।

उनीहरुलाई निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो।

उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० स्थित सुर्खेत रोडबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया