Pura Samachar

मास्कबाट हुने समस्याबाट कसरी बच्ने ?

प्रकाशित: June 7, 2021

मास्कबाट हुने समस्याबाट कसरी बच्ने ?

काठमाडौं– कोरोनाकालमा मास्क लगाउनु हाम्रो जीवनशैलीको एउटा महत्वपूर्ण अंग बनेको छ ।

मास्क लगाउनाले संक्रमित व्यक्तिको मुखबाट निस्कने थुकका छिट्टा हाम्रो मुखमा प्रवेश गर्न सक्दैन र हामी कोरोनाबाट बच्छौं ।

अहिलेको अवस्थामा मास्क लगाउनु अति आवश्यक छ, तर लामो समयसम्म यसको प्रयोग गर्नु विभिन्न किसिमको समस्या उत्पन्न हुनसक्छ ।

यद्यपि, मास्क अहिलेको आवश्यकता हो भन्ने कुरालई नकार्न पनि सकिँदैन ।

त्यस्ता केही सावधानी छन्, जसलाई लामो समय मास्क लगाउँदा अपनाउनु पर्छ ।

मास्कका कारण हुनसक्ने समस्या

लामो समयसम्म मास्क लगाउँदा विभिन्न समस्या हुन सक्छ ।

लामो समयसम्म मास्क लगाउनाले अनुहारको छाला ड्यामेज हुन सक्छ ।

संवेदनशील छालामा मास्क लगाएको भागमा पिम्पल आउन सक्छ ।

विशेष रुपले हेल्थ केयरसंग सम्बन्धित व्यक्तिह अर्थात स्वास्थ्यकर्मिहरुलाई लामो समयसम्म र कसिलो मास्क लगाउनु पर्ने बाध्यता हुन्छ ।

जसका कारण मास्क लगाएको ठाउँमा रातो धर्सा बस्छ ।

छाला कडा हुन्छ र कालो हुन्छ ।

यदि छालामा धेरै नै संवेदनशील छ भने बारम्बार मास्क रगडिँदा छालामा सूजन आउँछ र अनुहारको छाला रातो हुन्छ ।

यसबाहेक मास्क भित्रबाट भिज्नुको साथै पसीना, म्यूकस र फोहोर बाहिर निस्कन पाउँदैन ।

मास्कले ओगटेको ठाउँमा पिम्पल आउन यति कारणहरु पर्याप्त हुन्छ ।

मास्क लगाउँदा अपनाउनु पर्ने सावधानीहरु

मास्क लगाउनु पर्ने अहिलेको वाध्यता हो । त्यसैले मास्क लगाउँदा केही सावधानीहरु अपनाउनु पर्छ । लामो समयसम्म मास्क लगाउदा ध्यान दिनु पर्ने कुराहरु यस प्रकार छन् :

  • मास्कको काम भनेको हाम्रो मुख र नाकलाई राम्रसंग ढाकेर हावाको माध्यमबाट फैलने संक्रमणहरुबाट हामीलाई बचाउनु हो ।
  • आफ्नो मुख र नाक ढाक्नका लागि धेरै कसिलो मास्क हुनु पर्छ भन्ने छैन ।
  • घर अथवा गाडीमा एक्लै हुँदा मास्कको प्रयोग गर्नु आवश्यक छैन ।
  • यदि मास्क भिजेको छ भने अर्को परिवर्तन गर्नु पर्छ । भिजेको मास्कका कारण इरिटेशन र चिलाउने जस्ता समस्या हुन सक्छ । त्यसैले यदि घर बाहिर निस्कँदै हुनुहुन्छ भने आफुसंग एक्स्ट्रा मास्क राख्नुु पर्छ ।
  • जस्तो भए पनि मास्क लगाउनु त हो भन्ने सोचाई राख्नु हुँदैन ।
  • सफा र सुख्खा मास्कको प्रयोग गर्नु पर्छ ।
  • अहिले विभिन्न फ्रेब्रिक्सका मास्कहरु बजारमा उपलब्ध छन् तर कटनको मास्क लिनु पर्छ । यसले धेरै नोक्सान पुऱ्याउँदैन ।
  • मास्क लगाउँदा भद्दा मेकअप गर्नु हुँदैन । यसले छालामा विभिन्न किसिमका समस्या हुन सक्छ जस्तो दाग,पिम्पल्स, चाया आदि ।

मास्क खोले पछि अनुहारको हेरचाहका लागि

  • घर आएर मास्क निकालेपछि आफ्नो अनुहारको छालालाई विशष प्रकारले हेरचाह गर्नु पर्छ ।
  • अनुहारलाई फेसवासले दिनहुँ धुनु पर्छ ।
  • संवेदनशील छाला भएकाले मास्क खोलेपछि हाइपोएलर्जेनिक मोइस्चराइजर अनुहारमा लगाउनु पर्छ ।
  • ओइटमेन्ट भएको मोइस्चराइजरको प्रयोग गर्नु हुँदैन ।
  • मास्कबाट हुने स्किन इरिटेशनबाट बच्नका लागि शितल प्रदान गर्ने क्रिम लगाउनु पर्छ ।
  • लामो समयसम्म अनुहार मास्क भित्र हुने भएकाले चिसो हुन्छ, त्यसैले छालामा स्क्रब र एक्सफलिटर्सको प्रयोग गर्नु हुँदैन ।
  • पेट्रोलियम जेली अथवा कोमल बनाउने क्रीम लगाउन सकिन्छ ।

यदि यी सावधानीपछि पनि छाला सम्बन्धि समस्या देखियो भने राम्रो डर्मेटोलोजिस्ट अर्थात छाला रोग विशेषज्ञसंग सम्पर्क गर्नु पर्छ ।

प्रतिक्रिया